नोबेल अस्पतालमा सबै उपचार सेवा सुचारु
विराटनगर । पाँच महिनाभन्दा बढीको बन्दाबन्दीपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अहिले पुनः बिरामीको चाप बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै देशभर र जिल्ला–जिल्लामा बेग्ला बेग्लै गरिएको लकडाउन र निषेधाज्ञाका कारण अस्पतालमा बिरामीको संख्या न्यून थियो ।
सरकारले देशभर गरेको लकडाउन खुलाउनुका साथै जिल्ला जिल्लाको निषेधाज्ञा पनि खुल्ने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरि घिमिरेले जानकारी दिए । ‘कोरोना संक्रमणका कारण केही समयअघि अस्पतालको सेवा पनि प्रभावित भएको थियो ।’ डा.घिमिरेले भने– ‘अहिले लकडाउन, निषेधाज्ञा पनि खुलेको र अस्पतालको पनि सबै सेवा सुचारु भएपछि बिरामीको संख्या निकै बढेको छ ।’
निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो र स्तरीय अस्पताल मानिने नोबेलमा कोरोना संक्रमणका कारण केही दिन सेवा प्रभावित भएको थियो । तर, अहिले अस्पतालका सम्पूर्ण उपचार सेवा सूचारु भएको छ । ओपीडी र ईमर्जेन्सीबाट सबै उपचार सेवा सुचारु भएपछि बिभिन्न जिल्लाबाट बिरामी आउने क्रम बढ्न थालेको हो ।
नोबेल अस्पतालले कोरोनाको जोखिम न्यूनिकरण गर्न उच्च सावधानी अपनाएर उपचार गर्ने वातावरण मिलाएको छ । अस्पतालभित्र बिरामीको भीड व्यवस्थापन गर्न सुरक्षागार्डको तैनाथी बढाउँनुका साथै अनिवार्य रुपमा माक्स र सेनिटाइजर प्रयोगमा कडाई गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा