बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु

शुक्रबार, २६ भदौ २०७७, १२ : ४३
शुक्रबार, २६ भदौ २०७७

बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा थप एकजना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिम सुस्ताका एक कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भई आईसीयूमा उपचाररत उनको  बिहान ११ बजे मृत्यु भएको जनाएको छ ।

मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप