फिल्म ‘रगत’ सार्वजनिक
काठमाडौं । हरेक वर्ष डिभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरु धेरै छन् । तर, एक युवा डिभी परेपनि अमेरिका नगई देशको सेवा गर्न नेपाली सेनामा भर्ती हुन जान्छ । यहि कथामा बनेको लघु फिल्म ‘रगत’ सार्वजनिक भएको छ । सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशन रहेको फिल्ममा रवि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्ममा संकल भुजेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन र विक्रम कार्कीले पाश्र्व संगीत रहेको छ । फिल्म ‘रगत’ ले नेपाली सेनाको लघु फिल्म प्रतियोगिता २०७६ मा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न फिल्म बनाएको निर्देशक बस्नेतले बताए । बस्नेतले लकडाउनको समयमा ‘बुहारी’ र ‘मे वान’ नामको दुई लघु फिल्म समेत बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी, हायर पर्चेज कर्जाको जोखिम भार घट्यो
-
रणनीति बनाउन सिंहदरबार र बानेश्वरमा सत्ता र प्रतिपक्षको छलफल
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई