अनेरास्ववियुका संयोजक महरको दोहोरो चरित्र किन ?
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका संयोजक ऐन महरको दोहोरो चरित्र देखिएको छ । कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा सरकारले गरेका कामकारवाही पारदर्शी नभएको सवत्र जनगुनासो बढिरहेका बेला महरले भने आलोचना गर्ने राजनीतिक दल, विभिन्न सामाजिक संघ संगठन र सर्वसाधारणलगायतको भावना विपरित सरकारको एकोहोरो भक्तिभाव गाएर आलोचना गर्नेहरुलाई नै गाली वर्षाउँदै आएका छन् ।
कोरोनासम्बन्धी व्यवस्थापनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि सर्वसाधारणले प्रश्न गरिरहेका बेला महरले भने ढकाललाई ‘हिरा’ भनेर उपमा समेत दिए । ‘भानुभक्त ढकाल हिरा हुन् ! किराहरुले जति फोहोर ल्याएर छोप्न खोजेपनि हिरा चम्किन छाड्ने छैन र एकदिन हिरा नै भएको प्रमाणित गर्नेछ’, महरले मन्त्री ढकालको बचाउ गर्दै केही समयअघि आफ्नो फेसबुक वालमा लेखेका थिए ।

त्यस्तै उनले ‘अहिले कोरोना भाइरसका विरुद्ध घरमै बसेर लडिरहेका छौँ, भुस्याहा कुकुर र गिद्धहरुको हिसावकिताव मैदानमा गरौँला’ भनेर तल्लोस्तरको गालीगलोज समेत सामाजिक सञ्जालमार्फत गरेका छन् । एउटा जिम्मेवार पार्टीको जिम्मेवार संगठनमा रहेको व्यक्तिले प्रयोग गरेका शव्दहरु कति तल्लोस्तरका छन् भन्ने उनले प्रयोग गरेका शव्दहरुबाटै प्रष्ट हुन्छ । यसो त उनले सामाजिक सञ्जाल र अन्य माध्यममा आफ्नो धारणा राख्दा मर्यादाको ख्याल नगरेको भनेर आलोचना समेत हुने गरेको छ ।
यसैबीच क्रियाशिल विभिन्न संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी मंगलबार एक विज्ञप्ति जारी गरियो । कोरोना भाइरस कारण तत्काल नियन्त्रण नहुने भएकाले विद्यार्थीहरुको पठनपाठन तथा परीक्षा वैकल्पिक माध्यमबाट गर्न आग्रह मात्रै गरिएको छैन कोरोना भइरस नियन्त्रणका लागि औषधि खरिद, क्वारेन्टिन र अन्य व्यवस्थापनमा अनियमितता भएको समेत ठहर गरिएको छ ।
अनियमितता र भ्रष्टाचार छानविन गरी संलग्नहरुलाई कारवाही गर्न माग गरिएको उक्त विज्ञप्तिमा महरको समेत हस्ताक्षर रहेको छ । तल्लोस्तरमा टिकाटिप्पणी गरेर सरकार र आफूनिकटका नेताहरुको बचाउमा उत्रिने महरले अहिलेचाहिँ कोरोना नियन्त्रणमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरिएको विज्ञप्तिमा हस्ताक्षर किन गरे भन्दै विद्यार्थीहरुमाझ चर्चाको विषय बनेको छ । अनेरास्ववियूका एक नेताले महरको यो दोहोर चरित्र भएको भन्दै विगतमा भएका आक्रमक टिप्पणी गलत भएको अहिले आफै पुष्टि भएको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

