शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइसोलेसनबाट भागेका कोरोना संक्रमित थुनुवा पक्राउ

आइतबार, ०४ असोज २०७७, १२ : ४८
आइतबार, ०४ असोज २०७७

काठमाडौँ । प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेशनबाट भागेका रमेश तामाङ पक्राउ परेका छन् । काभ्रेको नमोबुद्ध नगरपालिका–६ घर भएका तामाङ काभ्रेको सिउरीबाट पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीलिप चौधरीले काभ्रेबाट आइतबार राति तामाङ पक्राउ परेको पुष्टि गरे । 

लागू औषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा रहेका तामाङलाई कोरोना संक्रमण पुष्टि भएपछि बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आइसोलेसनमा राखिएको थियो । 

१ असोजमा तामाङलाई श्रीमतीले ट्याक्सीमा हालेर भगाएको प्रहरी स्रोतको भनाइ छ । उनीसँगै प्रहरीका एक इन्स्पेक्टर पक्राउ परेका थिए । ती इन्सपेक्टरको लागूऔषध कारोबारीसँग सम्पर्कमा देखिएपछि पक्राउ परेका हुन् । उनी पनि हाल कोरोना संक्रमण पुष्टि भएपछि साेही अस्पतालको आइसोलेसनमा छन् ।

तामाङ गौशालाबाट ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगन सहित पक्राउ परेका थिए । उनी यसअघि पनि लागुऔषध मुद्धाका फरार आरोपी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप