शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धको पीडामा मनिषको ‘बिलाप’

आइतबार, ०४ असोज २०७७, १५ : २६
आइतबार, ०४ असोज २०७७

काठमाडौं । गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ । गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ  गीतको म्युजिक भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ ।

भिडियोले जनयुद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनु पर्दाको पीडाले उनको मनबाट मानवता र ईश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरा देखाउन खोजेको छ ।  गम्भिर बिष्टको निर्देशन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी,नवराज उप्रेतीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप