शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक : मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुँदै

मङ्गलबार, ०६ असोज २०७७, ०९ : २२
मङ्गलबार, ०६ असोज २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार सचिवालय बैठक बस्दैछ ।बैठक सोमबार नै बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो ।

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२: ३० बजे बस्ने गरी स्थगित भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।


आइतबार पेरिसडाँडामा बैठक बसे पनि मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप