शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतीले बनाए ‘गंजागोल’

मङ्गलबार, ०६ असोज २०७७, ११ : ४४
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं – कलाकार ज्योती काफ्लेको लेखन तथा निर्देशन रहेको टेलिश्रृंखला ‘गंजागोल’ सोमबारबाट प्रसारण सुरु भएको छ । बिभिन्न हास्य श्रृखला निर्देशन गर्दै आएका ज्योतीको यो टेलिश्रृखला ‘गंजागोल’ प्रत्येक नेपाल टेलिभिजन मार्फत प्रसारणसुरु भएको हो ।

टेलिश्रृखला प्रत्येक सोमबार ७ ः२५ मा प्रसारणमा आउने गरेर प्रसारण सुरु भएको हो । ‘भद्रगोल’ छोडेपछि काफ्ले आफ्नै प्रोडक्सन फोके नेपाल मिडिया प्रालिबाट यो टेलिश्रृखला तयार पारेका हुन् । टेलिभिजनबाट प्रसारण भएलगत्तै यो डिजिटल माध्यम युट्युबमा समेत आउने छ । 

अभिनयमा डा.बाबुराम भट्टराई र केपी ओलीको नक्कल गर्र्दै आएका काफ्ले ‘गंजागोल’मा पनि बिभिन्न नेताहरुकै भुमिकामा देखिने छन् । 

प्रकाश कुमार सुवर्णकार निर्माता रहेको टेलिश्रृंखलामा दिलीप विष्ट र रामकृष्ण कँडेलले छायांकार रहेका छन् ।

शिवहरि नेपाल, रोशनी सापकोटा, विद्या कार्की, सुमन ज्योति नेउपाने (ल्याङ्ग्री दादा), प्रकाश स्वर्णकार (बबुवा थारु), बन्दना कार्की, सुसन राई (भाले), पुजन घिमिरे, सिर्जना जिसी, पूजा पन्त, रियाज काफ्ले, बिपना बस्नेत (नक्कली हिसिला), राजन भुजेल (हल्दार), सुशान्त पाठकलगायत कलाकारको टेलिश्रृखलामा अभिनय रहनेछ  । 

‘हाँस्य ब्यंग्यको शैलीबाट समाजका बिभिन्न बिषय टेलिश्रृखला मार्फत प्रस्तुत गरिने काफ्लेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप