सनराइजमा डिजिटल टेलर सेवा सुरु, क्यूआर कोड स्क्यान गरी १ दिनमा १ लाख झिक्न मिल्ने
बिहीबार, ०८ असोज २०७७, १५ : ५७
काठमाडौं । सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।
यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।
यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् । पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मेयर सिंहका समर्थक र कांग्रेस कार्यकर्ताबिच घम्साघम्सी
-
काठमाडौँमा तेस्रो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२४’ सुरु
-
अमेरिकी सेनाले गाजामा सहायताको पहिलो खेप पुर्यायो
-
सदस्य हेरफेरका लागि बागमती प्रदेशसभा बैठक शनिबार ११ बजे बस्ने
-
सहकारी अभियान समाप्त भए संविधान अपुरो हुन्छ : मुख्यमन्त्री अधिकारी
-
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय