उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार
शुक्रबार, ०९ असोज २०७७, १७ : १५
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा १४ वर्षीया किशोरीमाथी बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले त्रियुगा–५ श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।
बलात्कार गरेको सुराक पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति टेक बहादुरलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।