प्रधानसेनापति थापाबाट नेतृत्व सम्वाद कार्यक्रम शुभारम्भ
काठमाडौं । नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठनका रुपमा स्थापित गर्दै लैजान उद्देश्यले यस वर्षको नेतृत्व सम्वाद कार्यक्रम शुरु गरेको छ । कार्यक्रममा प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, निर्देशनालय, आठवटै पृतनाका पृतनापति एवं प्रधानसेनापति कार्यालयका स्टाफ सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
देश र जनता, सङ्गठन, मातहतका फौज र आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउने हेतुले २०७५ सालदेखि सेनाले यो कार्यक्रम शुरु गरेको हो । यो सम्वादमा सहभागीले मातहतका अधिकृत, पदिक तथा अन्य दर्जासँग तहगत र क्रमिक रुपमा मुलुकभर नै आगामी चैत्रभित्र सम्पन्न हुने गरी सञ्चालन हुनेछ ।
विगतमा कमाण्डर, स्टाफ र फौजबीचमा प्रत्यक्ष सम्वाद गरिंदै आएकामा यसवर्ष भने कोभिड–१९ सङ्क्रमणको ख्यालगरी भर्चुअलमार्फत सञ्चालन कार्यक्रम भएको छ । ‘सिपाहीको योगदानः राष्ट्र र राष्ट्रवासीको उत्थान’ मूल सन्देशसहित आयोजित सो कार्यक्रमको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज शुभारम्भ गरेका हुन् ।
यस वर्ष ‘सैनिक तालिमः वृत्ति विकास र पदोन्नतिको लागि हो कि दक्षता र क्षमता अभिवृद्धिको लागि’ ‘योगदान र प्रतिफलः कुन बढी महत्वपूर्ण–मैले नेपाली सेनालाई के दिएँ कि नेपाली सेनाले मलाई के दियो’ तथा ‘व्यक्तिगत र व्यावसायिक सम्बन्धः कर्तव्य परायणता र वफादारिता संस्थाप्रति कि व्यक्तिप्रति’ विषयमा नेतृत्व संवाद कार्यक्रम सञ्चालन हुनेछ ।
सेनामा विद्यमान विभिन्न अभ्यास र प्रवृत्ति सम्बन्धमा सबै तहमा खुला छलफल गरी सङ्गठनहित विपरीतका गतिविधि हटाउँदै नेतृत्वलगायत सकल दर्जामा सैनिक आचरण, अनुशासन, मूल्यमान्यता र नैतिकतामा थप विकास गर्ने लक्ष्यले यो कार्यक्रम शुरु गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
अनुशासित, क्षमतावान, चरित्रवान एवं निष्ठावान सैनिक व्यक्ति, स्थायी र गतिशील पद्धति र प्रणालीमार्फत् सेनालाई भरपर्दो, विश्वसनीय साथै सक्षम सङ्गठन निर्माणमा यस कार्यक्रमले दिशानिर्देश गर्ने विश्वास लिएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण