केन्द्रीय संस्करण

बलिउड ‘ड्रग्स’ काण्डः आज दीपिका, सारा र श्रद्धासँग सोधपुछ गरिने

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0

एजेन्सी – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड भित्रको लागूपदार्थ दुव्र्यसनीको बारेमा खुलासा हुँदै आएको छ । 

उक्त बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले थुप्रै बलिउड सेलिब्रिटीलाई सोधपुछका लागि समन पठाएको छ ।

यसैबीच, आज बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणलाई बोलाएको छ । यसका साथै, उनको म्यानेजर करिश्मा प्रकाशलाई पनि बोलाइएको छ । 

दीपिका र करिश्मालाई एनसीबीको गेष्ट हाउसमा सोधपुध गरिने र आजै बलिउडका अभिनेत्रीहरु सारा अली खान र श्रद्धा कपूरलाई पनि सोधपुछ गरिने भारतीय सञ्चार माध्यमले बताएका छन् । 

सारा र श्रद्धालाई एनसीबी अफिस बोलाइएको छ । यी दुईलाई मुम्बई एनसीबी टीमले गर्नेछ । यी दुईलाई सुशान्त राजपूतको आत्महत्याको विषयमा समेत सोधपुछ गरिनेछ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.