पाँच गोलको थ्रिलरमा रियल विजयी
भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) निर्णायक बन्दा रियल म्याड्रिडले पाँच गोलको थ्रिलरमा रियल बेटिसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो ।
फेडेरिको भालभर्डेले रियललाई खेलको १४ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, पहिलो हाफको अन्त्यतिर अलिसा मान्डी र विलियम कालाभारोले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बेटिसलाई खेलमा अग्रता दिलाए ।
दोस्रो हाफमा एमर्सनको आत्मघाती गोलको मद्दतले रियल खेलमा फर्कियो । पछि लुका मोर्डिचमाथि प्रोफेसनल फल गरेपछि भीएआरले उनलाई रातो कार्ड देखाएको थियो ।
बेटिसका मार्क बार्टाले ह्यान्ड बल गरेपछि रियलले पुनः भीएआरको मद्दतले पेनाल्टी पायो । खेलको ८२ औँ मिनेटमा कप्तान सर्जियो रामोशले पेनाल्टीबाट गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।
यो सिजन रियलको यो पहिलो जीत हो । पहिलो खेलमा रियल भालाडोलिडसँग रियल गोलरहित बराबरीमा रोकिएको थियो ।
शनिबार भएका अन्य खेलमा भ्यालेन्सिया र हुएस्का तथा गेटाफे र आलाभेसले बराबरी खेल्यो भने रियल सोसिडाडले इल्चेलाई ३–० ले हरायो ।
यता, बार्सिलोनाले आइतबार भिल्लेरियालको सामना गर्दै सिजनको शुरुवात गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण