पाँच गोलको थ्रिलरमा रियल विजयी
भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) निर्णायक बन्दा रियल म्याड्रिडले पाँच गोलको थ्रिलरमा रियल बेटिसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो ।
फेडेरिको भालभर्डेले रियललाई खेलको १४ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, पहिलो हाफको अन्त्यतिर अलिसा मान्डी र विलियम कालाभारोले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बेटिसलाई खेलमा अग्रता दिलाए ।
दोस्रो हाफमा एमर्सनको आत्मघाती गोलको मद्दतले रियल खेलमा फर्कियो । पछि लुका मोर्डिचमाथि प्रोफेसनल फल गरेपछि भीएआरले उनलाई रातो कार्ड देखाएको थियो ।
बेटिसका मार्क बार्टाले ह्यान्ड बल गरेपछि रियलले पुनः भीएआरको मद्दतले पेनाल्टी पायो । खेलको ८२ औँ मिनेटमा कप्तान सर्जियो रामोशले पेनाल्टीबाट गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।
यो सिजन रियलको यो पहिलो जीत हो । पहिलो खेलमा रियल भालाडोलिडसँग रियल गोलरहित बराबरीमा रोकिएको थियो ।
शनिबार भएका अन्य खेलमा भ्यालेन्सिया र हुएस्का तथा गेटाफे र आलाभेसले बराबरी खेल्यो भने रियल सोसिडाडले इल्चेलाई ३–० ले हरायो ।
यता, बार्सिलोनाले आइतबार भिल्लेरियालको सामना गर्दै सिजनको शुरुवात गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातृभूमिको विकास गर्न योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान
-
साउदी लिगको उपाधि अल हिलाललाई
-
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
-
उपेन्द्र यादव र अशोक राईबिच कार्यकर्ता तानातान
-
सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरप्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो