शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सीको अविश्वसनीय पुनरागमन, एभर्टनको विजयी यात्रा जारी

आइतबार, ११ असोज २०७७, ०८ : ३०
आइतबार, ११ असोज २०७७

खेलको इन्जुरी समयमा ट्यामी एब्राहमले गोल गरेपछि चेल्सीले ३–० ले पछि परेको खेलमा अविस्मरणीय पुनरागमन गर्दै वेस्ट ब्रोमिच आल्बियोनविरुद्ध ३–३ को बराबरी गर्न सफल भएको छ ।

निकै रोमाञ्चक बनेको खेलको ३० मिनेटभित्र नै वेस्ट ब्रोमले ३–० अग्रता बनाएको थियो । मार्कोस ओलोन्सोको गल्तीको फाइदा उठाउँदै कालम रोबिन्सनले चेल्सीलाई खेलमा अग्रता दिलाए । त्यसपछि थियागो सिल्भाले गल्ती गरेपछि रोबिन्सनले अग्रता दोब्बर बनाए । लगत्तै कायल बार्टलेले अग्रता फराकिलो बनाए ।

दोस्रो हाफमा भने चेल्सीले सुधारिएको प्रदर्शन गर्यो । मेसन माउन्टले चेल्सीलाई खेलमा फर्काए भने खेलको ७० औँ मिनेटमा कालम हटडन ओडीडीले गोल गर्दै खेलमा रोमाञ्चक मोडमा ल्याए । इन्जुरी समयमा एब्राहमले गोल गर्दै चेल्सीको पुनरागमन पूरा गरे ।

तीन गोलले पछि परेपनि कुनै टोलीले लिगमा हारलाई जोगाएको सन् २०११ पछि पहिलो पटक हो । त्यतिबेला पनि वेस्ट ह्यामले वेस्ट ब्रोमविरुद्ध नै ३–३ को बराबरी गर्न सफल भएको थियो ।

उता, एभर्टनले भने  क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराउँदै प्रिमियर लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ ।

खेलको १० औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । तर, चिखोउ कोयाटेले हेडरमार्फत गोल गर्दै खेल बराबरी गरे । त्यसपछि रिचालर्सनले पेनाल्टीबाट गोल गर्दै एभर्टनलाई जीत दिलाए ।

जीतसँगै कार्लो एन्चेलोटीको टोली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप