डा.केसीको जीवनरक्षा गर: समाजवादी विद्यार्थी युनियन
मङ्गलबार, १३ असोज २०७७, १८ : ५८
काठमाडौं–जसपा नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले अनसनरत डा.गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ । युनियनले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग सो माग गरेको हो । जारी विज्ञप्तिमा डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले तत्काल जीवनरक्षा गर्न माग गरिएको छ ।
युनियनले डा.केसीको जीवनमाथि खेलबाड नगर्न चेतावनी दिँदै उनले उठाएका दुर्गम भेगका जनतालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच हुनुपर्छ भन्ने माग सही भएको दाबी समेत गरेको छ । युनियनले डा.केसीका माग जनहितमा भएको जनाउँदै उनका मागप्रति ऐक्यबद्धता समेत जनाएको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा।गोविन्द केसी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण