आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘टिभीएस दशैंको आशा’ स्कीम लिने अमृतजंग सिटौलाले जिते ‘अपाचे आरआर ३१०’

शुक्रबार, १६ असोज २०७७, १६ : ३६
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । टिभीएस दशैंको आशा योजनाअन्तर्गत पहिलो हप्ताको विजेता बन्न सफल भएका छन् बालाजु निवासी अमृतजंग सिटौला । सिटौलाले टिभीएस अपाचे आरआर ३१० जित्न सफल भएका छन् ।

हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभीएसको फेसबुक पेजमा प्रत्यक्ष प्रशारणमार्फत गरिने गोलाप्रथाबाट पहिलो हप्ताको विजेता बन्न सफल भई टिभीएसको नक्साल शोरुमबाट टिभिएसअपाचे आरआर ३१० जितेका हुन् ।

यस योजनामा सहभागिता जनाउन टिभीएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । ‘टिभीएस दशैँको आशा’ योजनाअन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खरिदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् । त्यसैगरी, ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । 

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि www.tvsnepal.com/Dashainमा गएर फारम भर्नु पर्ने छ ।

जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनिआफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागिएकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

११० देखि ३१० सिसीसम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आरटीआर १६०, अपाचे आरटीआर २००४ भि, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको बिबिधता रहेको, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दाज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप