प्रिमियर लिगको अन्तिम दिन : कसको पोल्टामा पुग्ला उपाधि ?
लण्डन । इङ्लिस प्रिमियर लिगको अन्तिम चरणका खेलहरू आइतबार खेलिँदैछ । म्यानचेस्टर सिटी र आर्सनल उपाधि जित्ने आशासहित आज मैदानमा उत्रनेछन् ।
आइतबार घरेलु मैदान इतिहादमा नवौँ स्थानमा रहेको वेस्ट ह्यामलाई पराजित गरे पेप ग्वार्डिओलाको टोलीले ऐतिहासिक लगातार चौथोपटक उपाधि जित्नेछ । तर, मात्र दुई अङ्कले पछि रहेको आर्सनलले एमिरेट्स रंगशालामा एभर्टनलाई हराउँदा सिटीले जित हासिल गर्न असफल रह्यो भने टोलीले सन् २००४ पछि पहिलोपटक लिग उपाधि उचाल्नेछ ।
त्यस्तै, ग्वार्डिओलाको टोली बराबरीमा रोकिँदा आर्सनलले जित्यो भने दुवै टोलीको ८९ अङ्क हुनेछ । तर, आर्सनलको सिटीभन्दा झिनो रूपमा भए पनि गोलअन्तर राम्रो छ ।
उता, योर्गन क्लपले ४९१ औँ पटक र अन्तिम पटक लिभरपुलको नेतृत्व सम्हाल्नेछन् । लिभरपुलले वूल्भ्सको सामना गर्नेछ । त्यस्तै, रोबर्टो डी जेब्री पनि अन्तिम पटक ब्राइटनको प्रशिक्षकका रूपमा मैदान उत्रनेछन् ।
त्यस्तै, अर्लिङ हालान्ड अर्को प्रिमियर लिग गोल्डन बुट जित्ने तरखरमा छन् । आजको खेलहरूले युरोपा लिग र युरोपा कन्फरेन्स लिगमा कुन–कुन टोली छनोट हुनेछन् भन्ने पक्का गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण