प्रिमियर लिगको अन्तिम दिन : कसको पोल्टामा पुग्ला उपाधि ?

लण्डन । इङ्लिस प्रिमियर लिगको अन्तिम चरणका खेलहरू आइतबार खेलिँदैछ । म्यानचेस्टर सिटी र आर्सनल उपाधि जित्ने आशासहित आज मैदानमा उत्रनेछन् ।
आइतबार घरेलु मैदान इतिहादमा नवौँ स्थानमा रहेको वेस्ट ह्यामलाई पराजित गरे पेप ग्वार्डिओलाको टोलीले ऐतिहासिक लगातार चौथोपटक उपाधि जित्नेछ । तर, मात्र दुई अङ्कले पछि रहेको आर्सनलले एमिरेट्स रंगशालामा एभर्टनलाई हराउँदा सिटीले जित हासिल गर्न असफल रह्यो भने टोलीले सन् २००४ पछि पहिलोपटक लिग उपाधि उचाल्नेछ ।
त्यस्तै, ग्वार्डिओलाको टोली बराबरीमा रोकिँदा आर्सनलले जित्यो भने दुवै टोलीको ८९ अङ्क हुनेछ । तर, आर्सनलको सिटीभन्दा झिनो रूपमा भए पनि गोलअन्तर राम्रो छ ।
उता, योर्गन क्लपले ४९१ औँ पटक र अन्तिम पटक लिभरपुलको नेतृत्व सम्हाल्नेछन् । लिभरपुलले वूल्भ्सको सामना गर्नेछ । त्यस्तै, रोबर्टो डी जेब्री पनि अन्तिम पटक ब्राइटनको प्रशिक्षकका रूपमा मैदान उत्रनेछन् ।
त्यस्तै, अर्लिङ हालान्ड अर्को प्रिमियर लिग गोल्डन बुट जित्ने तरखरमा छन् । आजको खेलहरूले युरोपा लिग र युरोपा कन्फरेन्स लिगमा कुन–कुन टोली छनोट हुनेछन् भन्ने पक्का गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत
-
मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमण गर्ने ११ पर्यटकको लेक लागेर मृत्यु
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस