इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम
तेल अभिभ । जुनको शुरुसम्ममा ठोस योजना बनाइसक्न इजरायलको युद्ध मन्त्रीपरिषद्का एक सदस्यले प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई चेतावनी दिएका छन् । यस्तो नभएमा आफू सरकारबाट बाहिरिने चेतावनी बेनी गान्ट्जले दिएका छन् ।
पूर्व रक्षा मन्त्री तथा युद्ध मन्त्रीपरिषद्का सदस्य गान्ट्जले जुन ८ सम्ममा मन्त्रीपरिषद्ले हमास विरु युद्धको योजना तयार पार्नु पर्ने माग गरिरहेका छन् । हमासलाई निमिट्यान्न पर्ने, इजरायली बन्दीहरूलाई फिर्ता ल्याउने र गाजापट्टीमा वैकल्पिक सरकारको गठन गर्ने, इजरायली बासिन्दारूलाई इजरायलको उत्तरमा फर्काउने र साउदी अरबसँगको सम्बन्ध सामान्य बनाउने खाँका कोर्ने गरी योजना बनाउनु पर्ने उनको भनाइ छ । प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले विजय र विपद्बिच रोज्नु पर्ने बताइएको छ ।
प्रधानमन्त्रीको कार्यालयले सरकार छाड्न गान्ट्जको चेतवानीलाई वेवास्ता गरेको छ । गान्टको सर्तको अर्थ स्पष्ट रूपमा युद्धको अन्त्य र इजरायलको हार, अधिकांश बन्दीहरूलाई त्यागीदिनु र प्यालेष्टाइनी राज्यको स्थापना भएको मन्त्रीपरिषद्को कार्यालयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण