महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर
आइतबार, ०६ जेठ २०८१, १० : ४७
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ स्थित चाबहिल चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरू भत्काउन थालिएको छ ।
महानगर प्रहरीले डोजर लगाएर घरहरू भत्काइरहेको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारले रातोपाटीलाई जानकारी दिए ।
‘घर भत्काउन थालिएको छ, कति भत्काइन्छ भन्ने विवरण सङ्कलनपछि भन्न सकिन्छ’ उनले भने ।
चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएको हो ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गर्दा सवारी आवागमनमा व्यवधान पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण