बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए

आइतबार, ०६ जेठ २०८१, १० : ५१
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन बसेको कार्यदलको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र कार्की पनि सहभागी भएका छन् । समितिको कार्यादेश टुङ्गो लगाउन कानुन मन्त्रालयमा जारी बैठक  सुरु भएको केही समयपछि कांग्रेस नेता कार्की पनि पुगेका हुन् । 

शनिबार बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षको बैठकमा शीर्ष नेताहरू सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्न सहमत भएर कार्यदललाई कार्यादेश निर्माण गर्न जिम्मा दिएका थिए ।

कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदल गठन भएको थियो । 

कार्यदलमा भइरहेको छलफलमा कार्यादेशमा सहकारी हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्नेमा छलफल भइरहेको स्रोतले बताएको छ । सत्तापक्ष लामिछानेको नाम उल्लेख गर्न तयार छैन भने प्रमुख प्रतिपक्ष लामिछानेको नाम किटान गर्नुपर्ने पक्षमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप