साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने
काठमाडौँ । कथा बाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ ।
शनिवार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले कथामा चलचित्र घोषणा गरे ।
शिशिर खातीले निर्देशन गर्ने चलचित्र प्लानेट थ्री फिल्मसले निर्माण गर्नेछ । चलचित्रको कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् ।
चलचित्रको घोषणामा थिम पोस्टर पनि सार्वजनिक गरियो । पोस्टरमा चलचित्रको नाम ‘अधुरो प्रेम’ नै राखिएको छ । साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ ।
निर्देशक शिशिरले भेटेर अधुरो प्रेम साह्रै नै मन पर्छ, चलचित्र बनाउन चाहन्छु भनेपछि राजी भएको । साइग्रेसले सुनाए ।
निर्देशन शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए ।
दर्जनौँ म्युजिक भिडिया र चलचित्रका गीतमा कोरियोग्राफी गरेका शिशिरले यसै फिल्लमबाट निर्देशनमा हात हाल्न लागेका हुन् । वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको चलचित्रमा कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण