साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने

काठमाडौँ । कथा बाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ ।
शनिवार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले कथामा चलचित्र घोषणा गरे ।
शिशिर खातीले निर्देशन गर्ने चलचित्र प्लानेट थ्री फिल्मसले निर्माण गर्नेछ । चलचित्रको कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् ।
चलचित्रको घोषणामा थिम पोस्टर पनि सार्वजनिक गरियो । पोस्टरमा चलचित्रको नाम ‘अधुरो प्रेम’ नै राखिएको छ । साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ ।
निर्देशक शिशिरले भेटेर अधुरो प्रेम साह्रै नै मन पर्छ, चलचित्र बनाउन चाहन्छु भनेपछि राजी भएको । साइग्रेसले सुनाए ।
निर्देशन शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए ।
दर्जनौँ म्युजिक भिडिया र चलचित्रका गीतमा कोरियोग्राफी गरेका शिशिरले यसै फिल्लमबाट निर्देशनमा हात हाल्न लागेका हुन् । वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको चलचित्रमा कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?