मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पुल निर्माता

सोमबार, १९ असोज २०७७, १५ : १४
सोमबार, १९ असोज २०७७

अन्तायक शहरको कुरा हो । त्यहाँ असी नामको नदी बहन्थ्यो जो सोझै समुद्रमा गएर मिसिन्थ्यो । शहर वारी पारी दुई भागमा विभाजित थियो । यसर्थ शहरलाई जोड्न भनेर नदीमा पुल हालियो । यो त्यसै बनेको होइन । यसको निम्ति पहाडबाट ठूला ठूला ढुङ्गा खच्चरलाई बोकाएर, तिनलाई एक एक गरेर जोड्दै बनाइएको थियो ।

पुल बनिसकेपछि त्यसको एउटा स्तम्भमा यो शिलालेख लेखियो : 'यस पुलको निर्माण अन्तायकस द्वितीयको पराक्रममा भएको हो ।'

शहरबासी खुशीले गदगद हुँदै पुल वारपार गर्न थाले ।

एक साँझको कुरा हो । एउटा अलि अलि पागल जस्तो युवक शिलालेख लेखेको स्तम्भमा चढ्न पुग्यो । उसले शिलालेखमा मोसो दल्यो र त्यसमाथि यस्तो लेख्यो : 'यस पुलमा प्रयोग गरिएका ढुङ्गा पहाडबाट खच्चरलाई बोकाएर ल्याइएका थिए । जुन पुलमा तपाईंहरु वारपार गर्दै हुनुहुन्छ तपाईंहरु यो पुल बनाउने खच्चरहरुको ढाडमा टेकेर हिँड्दै हुनुहुन्छ ।'

मानिसहरुले जब यस युवकले लेखेको उक्त शिलालेख पढे, कतिपयले त उसको खिल्ली नै उडाए । अरु कति त अवाक रहे । कोही कोहीले यसो पनि भने, 'हो, हो, यो कसको उपद्रो हो त्यो हामीलाई थाहा छ । उ अलि अलि पागल होइन ... ।'

तर छेवैमा चर्दै गरेको एउटा खच्चरले  अर्कालाई भन्यो, 'तिमीले बिर्स्यौ कि क्या हो, हामीले नै होइन त पहाडबाट मरिकुच्च बोकेर ल्याएका यी ढुङ्गा?  र आजसम्म के भनिँदैछ भने यो पुल त महाराज अन्तायकसले बनाएको हो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खलिल जिब्रान
खलिल जिब्रान
लेखकबाट थप