पुल निर्माता
अन्तायक शहरको कुरा हो । त्यहाँ असी नामको नदी बहन्थ्यो जो सोझै समुद्रमा गएर मिसिन्थ्यो । शहर वारी पारी दुई भागमा विभाजित थियो । यसर्थ शहरलाई जोड्न भनेर नदीमा पुल हालियो । यो त्यसै बनेको होइन । यसको निम्ति पहाडबाट ठूला ठूला ढुङ्गा खच्चरलाई बोकाएर, तिनलाई एक एक गरेर जोड्दै बनाइएको थियो ।
पुल बनिसकेपछि त्यसको एउटा स्तम्भमा यो शिलालेख लेखियो : 'यस पुलको निर्माण अन्तायकस द्वितीयको पराक्रममा भएको हो ।'
शहरबासी खुशीले गदगद हुँदै पुल वारपार गर्न थाले ।
एक साँझको कुरा हो । एउटा अलि अलि पागल जस्तो युवक शिलालेख लेखेको स्तम्भमा चढ्न पुग्यो । उसले शिलालेखमा मोसो दल्यो र त्यसमाथि यस्तो लेख्यो : 'यस पुलमा प्रयोग गरिएका ढुङ्गा पहाडबाट खच्चरलाई बोकाएर ल्याइएका थिए । जुन पुलमा तपाईंहरु वारपार गर्दै हुनुहुन्छ तपाईंहरु यो पुल बनाउने खच्चरहरुको ढाडमा टेकेर हिँड्दै हुनुहुन्छ ।'
मानिसहरुले जब यस युवकले लेखेको उक्त शिलालेख पढे, कतिपयले त उसको खिल्ली नै उडाए । अरु कति त अवाक रहे । कोही कोहीले यसो पनि भने, 'हो, हो, यो कसको उपद्रो हो त्यो हामीलाई थाहा छ । उ अलि अलि पागल होइन ... ।'
तर छेवैमा चर्दै गरेको एउटा खच्चरले अर्कालाई भन्यो, 'तिमीले बिर्स्यौ कि क्या हो, हामीले नै होइन त पहाडबाट मरिकुच्च बोकेर ल्याएका यी ढुङ्गा? र आजसम्म के भनिँदैछ भने यो पुल त महाराज अन्तायकसले बनाएको हो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण