नारायणीमा गैंडा मृत फेला
बिहीबार, २२ असोज २०७७, ०८ : २४
नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो ।
डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए ।
निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए ।
पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण