केन्द्रीय संस्करण
कोरोनाभाइरस

के हो एन्टिजेन परीक्षण ? कत्तिको भरपर्दो हुन्छ कोरोना संक्रमितको पहिचान गर्न ?

कम भाइरल लाेड भएको नमूनाबाट एन्टिजेन परीक्षणले सही नतिजा नदेखाउन सक्छ :जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित

person explore access_timeअसोज २२, २०७७ chat_bubble_outline0

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भए–नभएको पत्ता लगाउनका लागि हाल पिसिआर परीक्षण गर्दै आएको छ । नेपालमा सरकारी तथा निजी प्रयोगशालाहरू मार्फत  हालसम्म ३ लाख ८१ हजार ५८ पिसिआर परीक्षण गरिएको छ । कोरोनाभाइरस संक्रमित समुदायस्तरमा प्रतिप्रदिन बढिरहँदा आशंका लागेको व्यक्तिहरूले पिसिआर परीक्षण शुल्क महँगो हुँदा सबैको पहुँच पुग्न सकेको छैन । पिसिआर परीक्षणमा सरकारले तोकेभन्दा बढी रकम निजी अस्पतालहरूले असुलिरहेका छन् भने सरकारी अस्तालहरुमा पिसिआर परीक्षण गर्नेेको थामिनसक्नुको भीड लाग्ने गरेको छ । यो स्थितिबीचमा सरकारले एन्टिजेनमा आधारित कोरोनाभाइरसको परीक्षण शुरु गर्ने भएको छ । वास्वतमा, यो एन्टिजेनमा आधारित परीक्षण भनेको के हो ? यो कत्तिको भरपर्दो हुन्छ त ? यिनै सवालहरुको सेरोफेरोमा केन्द्रीत रहेर जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दिक्षितसँग गरेको कुराकानीकाे सम्पादित उतार :

तस्विर : डा. दीक्षितको फेसबुक

एन्टिजेनमा आधारित परीक्षण भनेको के हो ? 

एन्टिजेन बेस टेष्टिङ नेपाल सरकारले सरु गर्न लागेको हो भने स्वागत योग्य कुरा हो । कोभिड– १९ गराउने सार्स–कोभ–२ को सन्दर्भमा सरकारले राम्रो काम गरेको मान्नुुपर्छ । पिसिआर परीक्षणले शरीरमा भाइरसको संक्रमण रहे–नरहेको पहिचान गर्छ भने एन्टिजेन परीक्षणले पनि कोरोनाभाइरस छ कि छैन् भनेर नै पहिचान गर्ने हो । पिसिआर परीक्षण गर्नको लागि हामीलाई प्रयोगशाला, विशिष्टकृत उपकरण, विभिन्न किट, धेरैथरिका जनशक्ति चहिन्छ भने एन्टिजेनमा आधारित परीक्षणमा त्यस्तो विशेष जरुरत पर्दैन । धेरै झमेला नगरिकन नै सामान्य परीक्षणको आधारमा रिर्पोट थाहा पाइने परीक्षण हो ।

एन्टिजेन परीक्षण गर्नका लागि प्रयोगशाला, दक्ष जनशक्तिको आवश्यकता पर्दैन भनेर बताउनु भयो । यसको अर्थ सर्वसाधारण स्वयंले पनि घरमै बसेर यस परीक्षणमार्फत् आफूमा कोरोनासंक्रमण भए नभएको पत्ता लगाउन सक्छन् ?

सर्वधारणले एन्टिजेन विधिबाट आफै परीक्षण गर्न सक्छन्  तर त्यो नगरेको  राम्रो हुन्छ । फेरि परीक्षण विधि सजिलो भए पनि यसका लागि पनि नाक, घाँटीबाट स्वाब  लिनुपर्छ, जसका लागि दक्ष्य जनशक्तिकै खाँचो पर्छ ।  त्यसैले जोकोहीले यो विधिबाट आफै परीक्षण गर्न अलि सम्भव पनि हुँदैन । स्वाब लिन सक्ने वा यस विषयमा अध्ययन गरेको मानिसले एन्टिजेन परीक्षण गर्नुपर्छ ।

एन्टिजेनमा आधारित परीक्षणले पनि  शरीरमा कोरोनाभाइरस रहे–नरहेको पत्ता लगाउने हो । तर भाइरस पत्ता लगाउनका लागि   उपकरण चहिदैन,  स्वाव निकाल्न बाहेक अन्य कार्यका लागि दक्ष जनशक्ति पनि चाहिदैंन । घाँटीको स्वाव निकाल्न सक्ने मानिसले नै पनि परीक्षण गरिएका व्यक्तिमा भाइरस संक्रमण भएको छ वा छैन पत्ता लगाउन सक्छ ।

एन्टिजेनमा आधारित परीक्षणले पनि  शरीरमा कोरोनाभाइरस रहे–नरहेको पत्ता लगाउने हो । तर भाइरस पत्ता लगाउनका लागि उपकरण चहिदैन,  स्वाव निकाल्न बाहेक अन्य कार्यका लागि दक्ष जनशक्ति पनि चाहिदैंन । घाँटीको स्वाव निकाल्न सक्ने मानिसले नै पनि परीक्षण गरिएका व्यक्तिमा भाइरस संक्रमण भएको छ वा छैन पत्ता लगाउन सक्छ । त्यसको लागि  घाँटी र नाकको स्वाब लिएर सानो थर्मोमिटर भन्दा अलि मोटो लाम्चो ¥यापिट एन्टीजेन किटमा एक थोपा राख्दा लाइन आयो भने ऊ कोरोनाभाइरस संक्रमित छ वा पोजेटिभ छ भन्ने थाहा हुन्छ । यो परीक्षणले कडा लक्षण देखिएकालाई तत्काल पहिचान गरेर छुट्टयाउन सक्छ । यसरी संक्रमितलाई छिटो छुट्याउन सकिँदा  अन्य जोमिख समूह जोगिन्छन् ।

एन्टिजेनमा आधारित परीक्षण गर्दा कति समयमा रिर्पोट आउँछ ?

पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८–७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिन्छ ।  पिसिआर परीक्षणको नतिजा ६–८ घण्टामा नै आउने भएपनि विविध कारणले रिपोर्ट ढिला आउने हुन्छन् । तर निजी प्रयोगशालाहरूले विगतको तुलनामा छिटो रिर्पोट दिँदै आएको पाइन्छ । पिसिआर परीक्षणको तुलनामा एन्टिजेनमा आधारित परीक्षण गर्दा धेरै चाँडो (१५ मिनेटमा) रिर्पोट आउँछ ।

यस परीक्षणबाट चाँडै नतिजा थाहा पाइने भएकाले   अस्पतालमा आकस्मिक सल्यक्रिया वा अन्य रोगका बिरामीलाई पनि तत्काल उपचार गर्ने अवस्थामा रहेकाहरूलाई संक्रमण रहेनरहेको पहिचान गर्न सकिने भयो । यसले गर्दा विरामीले सहज रुपमा उपचार गराउन पाउने भए । यस्तै अस्पतालका स्वास्थ्यकर्मी, अग्रपत्तिमा काम गर्ने सुरक्षाकर्मी सम्पूर्णले सहजमा रुपमा परीक्षण गरी रोगीको ढुक्क भएर उपचार गर्न पाउने भए । यो विधिबाट एकै पटकमा ३–४ सय जनाको पनि स्वाव परीक्षण गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा पिसिआर र एन्टिजेन परीक्षणमध्ये कुन खर्चिलो हुन्छ ?

नेपालमा पिसिआर परीक्षणको शुल्क घट्दै दुई हजारमा आइपुगेको छ । अझै पनि सबै ठाउँमा पिसिआर परीक्षण शुल्क समान छैन । पिसिआरको तुलनामा  एन्टिजेनमा आधारित परीक्षण धेरै सस्तो पर्छ । प्रतिव्यक्ति बढिमा ५ सयदेखि ८ सयको बीचको शुल्क लाग्न सक्छ । यो शुल्क त्यो परीक्षण कीट नेपालमा ल्याउँदा कति र कसरी ल्याइन्छ भन्ने कुरामा पनि भरपर्छ । बिदेशमा ३÷४ डलरमा पनि एन्टिजेन परीक्षण शुल्क लिने गरेको पाइन्छ ।

नेपालमा पिसिआरको विकल्पमा  एन्टिजेन परीक्षण ल्याउने भनिएको छ । भारत अमेरिकालगायतका अन्य देशहरूले पनि संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण गराउन थालेका छन् । 

एन्टिजेन परीक्षणलाई जहाँ संक्रमित धेरै हुने सम्भावना छ अथवा कडा लक्षणसहितका संक्रमितहरू भएका हुन सक्ने ठाउँमा मात्रै परीक्षण गर्न सुझाव दिइएको छ । किन यसो भनिएको हो भने पिसिआरले थोरैभन्दा थोरै भाइरस भएको अवस्थामा पनि संक्रमण रहेनरहेको पत्ता लगाउन सक्छ । तर एन्टिजेन परीक्षणले चाहिँ स्वाबमा  भाइरसको मात्रा धेरै भएमात्रै संक्रमण भएको देखाउन सक्छ । एन्टिजेन परीक्षणको यही एउटा मुख्य कमजोरी छ ।

 कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेको बेलामा समुदायमा कोको संक्रमित भए भनेर वर्तमान समयमा एन्टिजेन परीक्षणको प्रयोग ढुक्कसँग गर्न सकिन्छ त ?

अहिले भारत र अमेरिकाले एन्टिजेन परीक्षणमार्फत संक्रमण भए–नभएको पत्ता लगाइरहेका छन् । यो परीक्षणलाई जहाँ संक्रमित धेरै हुने सम्भावना छ अथवा कडा लक्षणसहितका संक्रमितहरू भएका हुन सक्ने ठाउँमा मात्रै परीक्षण गर्न सुझाव दिइएको छ । किन यसो भनिएको हो भने पिसिआरले थोरैभन्दा थोरै भाइरस भएको अवस्थामा पनि संक्रमण रहेनरहेको पत्ता लगाउन सक्छ । तर एन्टिजेन परीक्षणले चाहिँ स्वाबमा  भाइरसको मात्रा धेरै भएमात्रै संक्रमण भए–नभएको सही रुपमा देखाउन सक्छ । कम भाइरल लाेड भएको नमूनाबाट सही नतिजा देखाउन नसक्नु एन्टिजेन परीक्षणको एउटा मुख्य कमजोरी हो ।

त्यो भए पिसिआर भन्दा एन्टिजेन परीक्षणको विश्वसनियता कम हो त ?

पिसिआर परीक्षणको भन्दा एन्टिजेन परीक्षणको विश्वसनियता कम भन्दिनँ । एन्टिजेन परीक्षणले दिएको रिर्पोटको नजिता सत प्रतिशत पोजेटिभ भन्ने हुन्छ । तर यसले नेगेटिभ नतिजा देखाएका व्यक्तिलाई अन्य लक्षणहरुको आधारमा चिकित्सकको सल्लाहअनुसार थप पिसिआर गर्नुपर्ने पनि हुन सक्छ । एन्टिजेन परीक्षणका लागि संकलन गरिएको स्वाबमा भाइरसको मात्रा कम छ भने यसले सही नतिजा देखाउने सम्भावना कम हुन्छ । 

तर यसो भन्दै गर्दा  नमूना स्वाबमा कम भाइरस भएको अवस्थामा पनि संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने नयाँ किटहरू बजारमा आउन थालेका छन् ।  अहिलेलाई एन्टिजेन परीक्षणलाई अस्पताल, क्वारेन्टिन बसेका, कोभिड– १९ भएका मानिसको वरिपरि बसेकाको स्वाब परीक्षणमा उपयोग गर्न सकिन्छ । साथसाथै,  समुदायस्तरमा पुगेर पनि कोरोनाभाइरसको संक्रमण रहेनरहेको पत्ता लगाउने यो परीक्षण गर्न सकिन्छ । हाम्रो प्राथमिकता भनेको संक्रमितहरू पत्ता लगाउने हो । कडा भाइरस भएका संक्रमितले धेरैलाई सार्न सक्छन् त्यसैले परीक्षणको दायरा बढाउँनपर्छ । यो परीक्षणमार्फत समाजमा कडा लक्षण भएका कोभिड– १९ भएकालाई पत्ता लगाउन सकिन्छ । नेपालमा अन्य देशको तुलनामा जटिल अवस्था सृजना भइसकेको छैन । यो स्थितिमा पिसिआर गर्न नपाएर कुरेर बसेका  ठाउँमा एन्टिजेन परीक्षण गराउन सकियो र कोरोना संक्रमितको पहिचान गर्न सकियो भने संक्रमणलाई रोक्न वा न्यूनीकरण गर्न ठूलो उपलब्धि हुनेछ । 

हाम्रो प्राथमिकता भनेको संक्रमितहरू पत्ता लगाउने हो । कडाभाइरस भएका संक्रमितले धेरैलाई सार्न सक्छन् त्यसैले परीक्षणको दायरा बढाउँनपर्छ । यो परीक्षणमार्फत समाजमा कडा लक्षण भएका कोभिड– १९ भएकालाई पत्ता लगाउन सकिन्छ ।

कमिसनको चक्करमा पहिला आरडिटि परीक्षणलाई सरकारले प्राथमिकता दियो । अहिले तुलनात्मक रुपमा भरपर्दो परीक्षणका रुपमा चिनिएको  पिसिआर परीक्षणलाई निरन्तरता दिइरहेको छ । यसभन्दा पहिला नै एन्टिजेन परीक्षणलाई किन नभित्र्याइएको होला त ?

पहिला स्वास्थ्य मन्त्रालयले आरडिटि टेष्टलाई प्राथमिकता दियो । सरकारले गलत गर्यो भनेर सबैले विरोध गरेकै हो । एन्टिजेन परीक्षणको बारेमा साढे ३ महिना अगाडिसम्म पनि यसको विश्वसनीयतामाथि प्रश्न उठाइएका रिर्पाटहरू सार्वजनिक भएका थिए । विगत दुई महिनायता मात्रै विश्व स्वास्थ्य संगठन र अमेरिकाको सिडिसिले कोरोनाभाइरसको परीक्षणमा यी दुईवटै दुई किटलाई चलाए हुन्छ भनेर भनेको छ । त्यसैले यसको उपयोगिता बढ्दो क्रममा छ । दुई महिनामै एन्टिजेन किटबाट परीक्षण गर्ने क्रम बढेका छन् भने अर्को महिनाबाट झन बढ्छ । त्यसैले नेपालले पनि यस किटमार्फत कोरोनाभाइरस संक्रमण भएनभएको पत्ता लगाउन पहल भएको छ । यो नेपालको लागि महत्त्वपूर्ण कुरा नै हो ।

सरकारले सुरुवाती समयमा कोरोना संक्रमण भएनभएको पत्ता लगाउनुको साटो कतिलाई पहिला कोरोना संक्रमण भएर पनि निको भएका छन् भनेर आरडिटि परीक्षण गरेको थियो । संक्रमण समुदायस्तरमा फैलियो भनिरहँदा सर्वे पनि हुँदैछ । धेरै विज्ञहरूले त्यसबेला नेपालमा  ल्याइएको आरडिटिको गुणस्तरमा प्रश्न गरिरहँदा गरेका थिए । यसमा तपाईं के भन्नुहुन्छ ?

नेपालमा भएको आरडिटि परीक्षणको विश्वसनियता छैन । नेपालले अहिले सर्वे पनि गर्दै छ । यस सर्वेमा आरडिटिमार्फत परीक्षण हुँदैन । इलाइसा नेटवर्क एन्टिवडीमार्फत हेर्ने हो । त्यसैमार्फतले देशमा कति संक्रमित छन् भनेर हेर्न सकिन्छ । यसले देशका समग्र संक्रमणको अवस्था, कहाँ बढि संक्रमित छन्, कहाँ कम रहेछ भनेर राम्रो अनुमान लगाउछ । अरु देशको तुलनामा नेपालको अवस्था कस्तो छ ? अब कसरी अगाडि बढ्ने, कति लक्षणसहित र लक्षणविहीन रहेछन् भन्ने सबै कुराको उत्तर दिन्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.