शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय
आमा र यमदूतहरु—७

“कान्छा ! पुरेतले पुराणमा भनेका कुरा सत्य होलान् ?”

‘हे दुष्टात्मन् ! हे पापी ! चाँडो हिँड् । तैँले यमराजका दरवारमा जानुपर्नेछ’
बुधबार, २८ असोज २०७७, ०३ : ५२
बुधबार, २८ असोज २०७७

पन्ध्र

मौसममा उग्र प्राकृतिक उष्णता व्याप्त छ, मेरो भग्न चित्तमा पराजयबोधबाट उत्पन्न सन्तापको उष्णता व्याप्त छ । यो कोल्टो र ऊ कोल्टो फेर्दाफेर्दै मेरा कोल्टाहरू थकित र गलित भइसके । दिउँसो रणचण्डीको रूप धारण गरेर ममाथि खनिने क्रोधी र कर्कशा नारीको गर्जनले मेरो चैतन्य अझै आक्रान्त छ । को होलिन् तिनी ? के होला तिनसँगको मेरो नाता ? कुन प्रेरणा र कसको प्रभावले उनलाई “तिमी” भन्दै ममाथि आइलाग्ने त्यत्रो उर्जा प्रदान गर्‍यो होला ? दिदी–बहिनीलाई उनको परिचय सोधूँ लागेको थियो । तर उनको गर्जन–तर्जनको प्रसङ्ग उठ्ला र त्यसले उनीहरूको आहत मानकितामा थप घात पर्ला भनेर मैले ओठ जाम गरेँ ।

आस्थाको मोर्चामा हाललाई म हारेँ । पुरोहित बाजेको जीत भयो । मनोबल भग्न भएको मेरो अन्तरले यथार्थ स्वीकार गर्‍यो । अब मोर्चाबाट पलायन गर्नु सिवाय मसँग अर्को विकल्प रहेन । आक्रमणको बढ्दो तीव्रता र सघनताको समीक्षा गर्दा मलाई भित्रभित्रै डर लागेर आयो । त्यो वा त्यस्ता सिँहिनी साँच्ची नै मेरो जुल्फी लुछ्न आइलागे भने ..... । छन पनि मेरो जुल्फी लामो न लामो थियो, स्यानो छँदा दिदी र भाउजूहरूले सुनाएका कथाका वनझाँक्रीको जस्तो । म अनमान गर्छु, शत्रुमोर्चामा सैन्यगणको क्रोधको आगोमा घिउ थपिदिन मेरो झ्याम्ले जुल्फीले निकै  योगदान गरेको हुनुपर्छ ।

आस्थाको मोर्चामा हाललाई म हारेँ । पुरोहित बाजेको जीत भयो । मनोबल भग्न भएको मेरो अन्तरले यथार्थ स्वीकार गर्‍यो । अब मोर्चाबाट पलायन गर्नु सिबाय मसँग अर्को विकल्प रहेन । आक्रमणको बढ्दो तीव्रता र सघनताको समीक्षा गर्दा मलाई भित्रभित्रै डर लागेर आयो । त्यो वा त्यस्ता सिँहिनी साँच्ची नै मेरो जुल्फी लुछ्न आइलागे भने ..... ।

दाजु र दिदी–बहिनीसँग बिदा माग्छु र म भोलि बेलुका अन्धकारको आवरणभित्र लुकेर नाइट बसमा लुसुक्क बाटो लाग्छु । अनिदोपनको बेचैनीमाझ मैले अठोट गरेँ । अँ, लेनिनीय कार्यनीतिको पुच्छर समातेर आत्म–सान्त्वनाकारी अर्थमा यस पलायनलाई मैले एक कदम आगे, दो दम पिछेको संज्ञा दिनुपर्ला । गर्मीको पेलान र आखेटको थकानले गलित भएको म विहानीपखको हावाका शीतल तरङ्गहरूले सुमसुम्याइँदा भुसुक्कै निदाएँछु । ब्यूँझिँदाखेरि त अघि नै घाम झुल्किसकेको रहेछ । थाकेको तन र हारेको मनलाई घिसार्दै मैले विदा माग्न भनेर दाइहरूको कोठातिर पाइदा चालेँ । हेर्छु त गाँट्ठे ! पुरोहित बाजे अग्घि नै मोर्चामा उपस्थित भइसकेका छन् । सेचेँ— प्रतिबद्ध लडाकुले मोर्चाबाट पलायन गर्नु भनेको लज्जाजनक कायरता हो । ढलेको शिर र गलेको मनलाई यसरी त्राण दिँदै म पुनः मोर्चामा भिड्न पुगेँ, “नमस्कार, गुरु !”

सोह्र

तेस्रो दिनको कर्मकाण्ड सम्पन्न गरी सुस्वादु मेवा–मिष्ठान्न उदरस्थ गरेपछि पुरोहित बाजेले बेलुका घर जाने बेलामा घोषणा गरे, “भोलिदेखिन् गरुड पुराण सुरु हुन्छ । सुन्न मन गर्ने भक्त–भक्तिनी र आस्तिकहरूलाई खबर गर्नू ।” “आस्तिकहरू” भन्दा बाजेले मतिर पुलुक्क हेरे । अनि लागे पोको बोकेर चप्पल पड्काउँदै एक घण्टाको बोटोमा पर्ने आफ्नो रामझुपडीतिर ।

आमाको काजक्रियाको क्रममा गरुड पुराणको प्रसङ्ग उठ्दा मलाई पिताजीको काजक्रिया गर्दा वाचन गरिएको गरुड पुराणले शोक–सन्तप्त आफन्तहरूका मनमा पारेको आतङ्कपूर्ण प्रभावको झल्याँस्स सम्झना भयो । विक्रमाब्दको दुई हजार बाइस सालको कुरा हो त्यो । म तेह्रथुम जिल्लाको आठराई भेगको चुहानडाँडा नामक गाउँस्थित वीरेन्द्र इन्टर कलेजको विद्यार्थी थिएँ । उन्नाइस वर्षमा हिँड्दै थिएँ म । हाम्री सोझी आमा मलाई खूब पढे–लेखेको र जाने–बुझेको विद्वान् ठान्नुहुन्थ्यो । गरुड पुराणवाचनको पहिलो दिन नै भयावह यमराजले हाम्रो घरलाई आक्रान्त तुल्यायो । कथा पढ्न र सुन्नमा मलाई औधी चाख थियो । त्यसैले मैले पनि पलेँटी कसेर एकाग्रतासाथ सुनेँ । मैले बालककालमा सुनेका भूत र प्रेत, वनको र मुर्कट्टा, बोक्सी र वनझाँक्रीका सबैजसो कथा आक्रामक थिए, करूप र वीभत्स थिए । सुन्नुअघि कथा सुन्न मलाई लाग्नुसम्म तलतल लागेर आउँथ्यो । सुनिसकेपछि मेरो मन यति आतङ्कित हुन्थ्यो कि कहिलेकाहीँ त मेरो निन्द्रा नै विथोलिन्थ्यो र कोलाहलमय हुन्थे मेरा सपनाहरू । तर जब मैले पहिलो दिनको गरुड पुराण सुनेँ, त्यसका लेखी बालककालका ती भयकारी कथा त एकदमै फिका ठहरिए ।

म तेह्रथुम जिल्लाको आठराई भेगको चुहानडाँडा नामक गाउँस्थित वीरेन्द्र इन्टर कलेजको विद्यार्थी थिएँ । उन्नाइस वर्षमा हिँड्दै थिएँ म । हाम्री सोझी आमा मलाई खूब पढे–लेखेको र जाने–बुझेको विद्वान् ठान्नुहुन्थ्यो । गरुड पुराणवाचनको पहिलो दिन नै भयावह यमराजले हाम्रो घरलाई आक्रान्त तुल्यायो । कथा पढ्न र सुन्नमा मलाई औधी चाख थियो । त्यसैले मैले पनि पलेँटी कसेर एकाग्रतासाथ सुनेँ ।

रात छिप्पिँदै गयो । सबै जना ओछ्यानमा थान्को लाग्न थाले । दाजुहरू मान्द्राले बारेको कोराभित्र, अरुहरू आ–आफ्ना साविकका गुँडमा । ब्रतबन्ध नगरेको हुनाले कोराको यातनाकारी कैदखानाबाट म भने जोगिएको थिएँ । आमा र म अँगेनाका डिलमा बसेका छौँ । आमा घरी आहत सुस्केरा हाल्दै, घरी सुँक्क–सुक्क गर्दे छेस्काले आगो उधिन्दै धुम्धुम्ती बसिरहनुभएको छ । आमा मौन हुनुहुन्छ, म मौन छु । सिङ्गो घर छ एकदमै साम्सुम्म र चकमन्न । आमाको विदीर्ण हृदयबाट उठेको सुस्केरामा वतासको झोँक्काको तीव्रताको आभास भयो मलाई ।

“कान्छा !” मेरो हात छाम्दै आमाको वक् फुट्यो । “पुरेतले पुराणमा भनेका कुरा सत्य होलान् ?”

म अकमक्क परेँ । नरकमा हाम्रा बाको प्रेतले भोग्नुपर्ने यातनाका ती भयानक कथाहरू सत्य होलान् ? मैले आफैँलाई सोधेँ । जीवन र मृत्युको सम्बन्ध के हो ? जीवन कहाँबाट आउँछ र मरेपछि कहाँ जान्छ  ? पूर्वजन्म र पुनर्जन्म सत्य हो कि मिथ्या ? पाप र पुण्य, स्वर्ग र नर्कका यी कथाहरू के हुन् ? जीवनका यी जटिल प्रश्नहरू मेरा लागि पीडादायी रहस्य थिए । मान्छेको उत्पत्ति सम्बन्धी चार्ल्स डार्विनको खोजतलासीको कथाको सरल पाठ त मैले पढिसकेको थिएँ । तर सुगारटान शैलीको त्यो पढाइ हाँसका पखेटामा पानीजस्तै थियो । पानी पर्‍यो, पानी बग्यो, पखेटा ओभाए । बस्, किस्सा खत्तम भयो ।

“त्यो पुरेतले दान–दछ्छिना कुम्ल्याउन कथेको कथा होला ।” मेरो मुखबाट हठात् उत्तर झर्‍यो ।

“त्यो साँचो होइन होला र !”

“देखेर आउने को छ र ?”

“यसो सम्झी त, तेरा बाउले साँच्चि नै त्यो सारा कष्ट बेहोर्नुपरो भने .....”

“आ....ढामा, मन धेरै नबराल्नोस् । थपक्क सुत्नोस् ।”

“के थाहा र बाबै ! तेरा बाउलाई के पर्ला, के नपर्ला !”

म सुतेँ । एक निन्द्रा पुर्‍याएर म ब्युँझिदा आमा उही ठाउँमा, उही आसनमा, उसैगरी सुस्केरा हाल्दै र सुँक्क–सुक्क गर्दै झोक्राइरहनुभएको थियो ।

पुरोहित बाजेले भोलिदेखि त्यही गरुड पुराण वाचन गर्ने क्रमको प्रारम्भ गर्ने घोषणा गरेका छन् । थाहा छैन यसलाई म सुखद् कुरा भनूँ कि दुखद् कुरा भनुँ ? यसपाला आमाले आतङ्ककारी गरुड पुराण सुनेर रुनु र सुस्केरा हाल्नुपर्ने छैन ।

हो, पुरोहित बाजेले भोलिदेखि त्यही गरुड पुराण वाचन गर्ने क्रमको प्रारम्भ गर्ने घोषणा गरेका छन् । थाहा छैन यसलाई म सुखद् कुरा भनूँ कि दुखद् कुरा भनुँ ? यसपाला आमाले आतङ्ककारी गरुड पुराण सुनेर रुनु र सुस्केरा हाल्नुपर्ने छैन ।

सत्र

अपरान्ह एक बजे झ्याम्म परेको कटहरको विशाल रुखको छायामा पुराणवाचक बाजे र श्रोताहरू एकत्रित भए । पहिलो दिन श्रोताहरूको सङ्ख्या जम्मा एघार थियो । दाजुहरू तीन जना, दिदी–बहिनी चारजना । आगन्तुक महिला तीजना र म । त्यहाँ जो जो उपस्थित थिए, जन्मको जातले ती सबै नै ब्राह्मण थिए । तर कर्मकाण्डी पुरोहितको धार्मिक तुलोमा तौलिइँदा अहिले ती चार फ्याकमा चिरा पारिएका थिए । जातको हिसाबले त्यहाँ पनि सबैभन्दा तल पर्ने मै थिएँ, म शूद्र ! त्यसैले म अछूत रुखको आड लागेर अलग्गै, बेग्लै गुन्द्रीमा बसेँ ।

पुरोहित बाजेले रातो रुमालले बेरेको चारपाटे पोकोलाई भक्तिपूर्वक ढोगेर पोको फुकाए । पहेँलो गातो र फूकबुट्टे किनारा भएको मध्ययुगीन ढाँचाको पुस्तक प्रकट भयो । पुस्तकको लम्बाइ त्यसको चौडाइको दोब्बर छ । पन्नाहरू स्टिच वा सिलाइ गरिएका छैनन् । भद्दा, काला अक्षरहरूको आकार ठूलो वर्णमालाको पछिल्लो खण्डका अक्षरहरूको जत्रै छ । सके पुस्तकको आकार र स्वरूपलाई पृथक्, मौलिक र पवित्र राख्ने हेतुले पो पुरातनपन्थी गुरुदेवहरूले यो पुस्तकका पन्नाहरू अलग्ग राखेका हुन् कि ! विराट् हास्य–मुद्रामा म गम्छु— गरुड पुराणलाई साँच्चि नै शुद्ध राख्ने हो भने वास्तवमा त्यो बाँसका खवटामा घिरौँलाका पातको मसीले बाँसकै कलमले लेखिएको हुुनपर्ने हो, र त्यसको बासस्थानचाहिँ कुनै खिर्राका रुखका टोड्कामा हुुनपर्ने हो ।

भद्दा, काला अक्षरहरूको आकार ठूलो वर्णमालाको पछिल्लो खण्डका अक्षरहरूको जत्रै छ । सके पुस्तकको आकार र स्वरूपलाई पृथक्, मौलिक र पवित्र राख्ने हेतुले पो पुरातनपन्थी गुरुदेवहरूले यो पुस्तकका पन्नाहरू अलग्ग राखेका हुन् कि ! विराट् हास्य–मुद्रामा म गम्छु— गरुड पुराणलाई साँच्चि नै शुद्ध राख्ने हो भने वास्तवमा त्यो बाँसका खवटामा घिरौँलाका पातको मसीले बाँसकै कलमले लेखिएको हुुनपर्ने हो, र त्यसको बासस्थानचाहिँ कुनै खिर्राका रुखका टोड्कामा हुुनपर्ने हो ।

श्रोताहरूलाई सजग तुल्याउन बलि चढाइने बोकालाई पानी पर्छिएझैँ सिमलीका स्याउलाले पुरोहित बाजेले उनीहरूका शिरमा पानी पर्छिए ।

”ओम् नमो भगवते बासुदेवाय ।” बाजेका मुखारविन्दबाट यसरी सुरु भयो पुराणवाचनको पहिलो अध्यायको पहिलो बाक्य । कतै अड्किँदै, कर्त अम्–मम्–मम् गरेर कन्दै सिलोक हाल्ने शैलीमा बाजेले हातार–हतार पहिले संस्कृत पाठ पढिसके । अथवा भनौँ पढिसकेको एकालाप गरे । त्यसपछि भदौरे गर्मीमा निन्द्राले गाँजेर शिर लतार्दै उङिरहेका श्रोताहरूलाई सजग र सतर्क गराउन बाजेले अर्को राउन्ड पानी पर्छिए । अब भने कथावाचक टड्कारो स्वर र मन्द गतिमा नेपालीमा कथावाचन गर्न थाले, “श्री भगवान‍्ले गरुडलाई आज्ञा गर्नुभयो ....”

गरुड पुराणको कथा कुन प्रयोजनका निमित्त कुन प्रक्रियाबाट रचियो भन्ने भूमिकाबाट प्रारम्भ भयो । कथा भन्छ— गरुड पुराण गरुड पन्छीको जिज्ञासालाई तृप्त गर्न पौराणिक भगवान‍्ले दिएका अर्ती–उपदेशहरूको शृङ्खला हो । मौलिक गरुड पुराण विस्तारित हुँदै जाँदा त्यो यति लामो भयो, जगत्का सबै अज्ञानीहरूले त्यसको सार ग्रहण गर्न असम्भव देखियो । तसर्थ त्यस ग्रन्थको प्रेतकल्पको सार खिचेर यो लघु गरुड पुराण तयार पारिएको हो, जसको उद्देश्य जगत‍्का लोभी र पापी, नास्तिक र अधर्मीहरूलाई प्रेत जुनीबाट मुक्त गरिदिनु हो । मुक्त गरिदिने अचुक उपाय हो— लोकका समस्त सर्वसाधारण जनले ब्राह्मण अर्थात् पुरोहित र पण्डाहरूलाई तिनको मनोरथ पूर्ण हुने गरी मेवा–मिष्ठान्नको सुस्वादु भोजन गराउनु र मागेमोजिम तिनलाई प्रचुर दान–दक्षिणा अर्पण गर्नु ।

पुरोहित बाजे श्रोतागणलाई पानी छर्किँदै कथा भनिरहेका छन्— “जन्मनु र मर्नुको दुःखबाट मोक्ष प्राप्त गरेका भगवान् र एउटा वृक्षमा समरूपता छ । वृक्ष रोपेमात्र फल फल्छ । वृक्षको छायाले शीतलता दिन्छ । फूल फुलेपछि त्यसबाट सुगन्ध प्राप्त हुन्छ । बृक्षको फलमा बीज हुन्छ, जुन बीज वृक्षको निरन्तरताको प्रतीक हो । वृक्षको फलझैँ मोक्ष पनि नित्य छ । जसरी सानो विरुवालाई विशाल वृक्षमा विकसित गर्न मिहेनत, मल र जलको खाँचो पर्छ, उसैगरी मोक्ष प्राप्त गर्न धर्म–कर्म, पूजा–पाठ र यज्ञको खाँचो पर्छ ।” कथावाचक पुरोहित बाजे श्रोताहरूका ताता तालुमा छ्याप्प पानी छ्याप्दै शब्द–शब्दमा जोड दिएर भन्छन् “शुद्ध ब्राह्मणलाई दान दिनाले सवै पाप नष्ट हुन्छन् र उसले प्रेतरूप धारण गरी नर्कको चरम् यातना भोग्नुपर्दैन ।” यथार्थवादी मुद्रामा म गम्छु— आदि र शुद्ध ब्राह्मण भनेका यिनै पुरोहित बाजे न हुन्, जो यतिखेर राडीमा पलेँटी कसेर लुव्ध कण्ठले गरुड पुराण वाचन गरिरहेका छन् ।

कथावाचक पुरोहित बाजे श्रोताहरूका ताता तालुमा छ्याप्प पानी छ्याप्दै शब्द–शब्दमा जोड दिएर भन्छन् “शुद्ध ब्राह्मणलाई दान दिनाले सवै पाप नष्ट हुन्छन् र उसले प्रेतरूप धारण गरी नर्कको चरम् यातना भोग्नुपर्दैन ।” यथार्थवादी मुद्रामा म गम्छु— आदि र शुद्ध ब्राह्मण भनेका यिनै पुरोहित बाजे न हुन्, जो यतिखेर राडीमा पलेँटी कसेर लुव्ध कण्ठले गरुड पुराण वाचन गरिरहेका छन् ।

कथाको क्रम अघि बढ्दो छ— “भक्ति नगर्नेहरू अर्थात् कुनै अगोचर ईश्वरको पूजाआजा गरी ब्राह्मण पुरोहित–पण्डालाई दान नदिने पापीहरूले यात्रा गर्नुपर्ने नर्कको बाटो कस्तो हो ?” गरुड नामक पात्रको यस प्रश्नको उत्तरमा भगवान् नामक पात्र भन्छन्, “हरि–नाम–कीर्तन नगरेर नरक जाने अधम मानिसलाई धिक्कार, धिक्कार छ ।” त्यसपछि मृत्युको पूर्वसन्ध्यादेखि सुरु हुने नरकव्यापी यात्राको अकथनीय यातनाको अकल्पनीय चित्रण प्रस्तुत हुन्छ । बृद्धावस्थाका कारण अशक्त, क्षीण र गलित भई मृत्युशय्यामा एउट कुरूप पुरुष पीडाले छटपटाइरहेको छ । मर्ने अहिले हो कि भरे हो उसलाई थाहा छैन । ऊ रोगग्रस्त छ । हात–गोडा अचल भई ओछ्यानमा थला परेको छ ऊ । ऊ कुकुरलाई झैँ अनादरपूर्वक दिइएको खान्की सकी–नसकी निल्छ । उसको कण्ठ–ध्वनि मन्द भएको छ, घाँटी कफले ग्रस्त छ, कष्टपूर्वक सास फेर्दा उसको घाँटी घ्यार–घ्यार हुन्छ । लौ, अब उसको वाक्य बस्यो । सयौँ बिच्छीहरूले एकैचोटि डस्दा हुने असीम पीडाको अनुभूति गर्दै बन्धु–वान्धवको हृदयविदारक रुवावासीको बीचमा उसको मृत्यु भयो । उसको मुखमा र्‍याल छ्यालव्याल छ । उसको मुखबाट फिँज बगिरहेछ ।

कथावाचन यहाँनेर पुगेपछि वाचकबाजे श्रोतागणलाई झ्याप्प पानी छ्याप्दै उच्च स्वरमा सुनाउँछन्, “जो दान–धर्म नगरेको पापी हो, उसको प्राणवायु लिङ्ग, योनी र गुद‍द्वारबाट जान्छ । त्यस घडीमा अत्यन्तै डरलाग्दा चञ्चल आँखा भएका, हातमा हेमानका लट्ठी लिएका, ङिच्च देखिने दाँत कटकटाउँदै गरेका, ठाडा–ठाडा जगर र कागका जस्ता काला, बाङ्गा मुख भएका, हतियाररूपी नङ भएका यमराजका दुईवटा दूत आइपुग्छन् । तिनलाई देख्दैमा मृतकको मुटु काम्छ र ऊ गुहु–मूत छाड्न थाल्छ । आतङ्गित भएको त्यो मृतक पुरुष यमदूतबाट पक्राउ पर्छ । उसका घाँटीमा पासोले टन्टनी बाँधिन्छ । अनि जसरी राजाका सिपाहीहरूले चोरलाई दण्ड दिन घिसार्दै लैजान्छन्, उसैगरी मृतकलाई घिसारेर यमलोकतिर लगिन्छ ।”

यहाँनेर श्रोतागणतर्फ सिकारी आँखा फाल्दै कथावाचक तीव्र स्वरमा भन्छन्, “मृतकलाई घिसार्ने ती दूतहरू नरकको भयङ्गर डरबारे मृतकलाई यसरी बताउँछन्, ‘हे दुष्टात्मन् ! हे पापी ! चाँडो हिँड् । तैँले यमराजका दरवारमा जानुपर्नेछ । अनि प्रभुको हुकुममुताबिक हामी तँलाई कुम्भिपाक, रौरव इत्यादि नरकमा लैजाने छौँ । हे दुष्टात्मन्, ढिलो नगर्’ ।”

https://image.khulasaa.in

श्रोतागणतर्फ सिकारी आँखा फाल्दै कथावाचक तीव्र स्वरमा भन्छन्, “मृतकलाई घिसार्ने ती दूतहरू नरकको भयङ्गर डरबारे मृतकलाई यसरी बताउँछन्, ‘हे दुष्टात्मन् ! हे पापी ! चाँडो हिँड् । तैँले यमराजका दरवारमा जानुपर्नेछ । अनि प्रभुको हुकुममुताबिक हामी तँलाई कुम्भिपाक, रौरव इत्यादि नरकमा लैजाने छौँ । हे दुष्टात्मन्, ढिलो नगर्’ ।”

यमदूतका ती क्रूर वचन र बन्धु–वान्धवहरूको रुवाबासी एकैसाथ सुनेर मृतक हा,हा, हा,हो गरी अलाप–बिलाप गर्न लाग्छ । यमदूतहरूका हातबाट उसलाई दिनुसम्म ताडना र यातना दिइन्छ । हृदय चिरा–चिरा परेको, डरले थुर्थुर कामिरहेको, कुकुरहरूद्वारा लुछिएको मृतकलाई पुराणकथाका लेखक आफ्नो पाप सम्झेर पश्चात्ताप गर्न लगाउँछन् । ऊ भोक र प्यासले आकुल–व्याकुल भएको छ । ऊ कतै भत्भती पोल्ने घामले डामिन्छ, कतै डढेलोले पिल्सिन्छ, कतै आँधीबेरीको आक्रमणमा पर्छ, कतै आगाको भुङ्ग्रोजस्तो बालुवामा हिँड्दा पीडाले आहत हुन्छ । यसरी अन्त्यहीन विपत्तिहरूले घेरिएको मृतकलाई यमदूतहरू कोर्राले स्याँट्ठ सुम्ठ्याउँछन् । टुसुक्क बस्ने ठाउँ कतै छैन । आँत जलेको छ । पिउनलाई पानीको थोपो छैन । गलेर शरीर ढल्ने बेला भइसक्यो । तैपनि कुटिँदै, धर्मराउँदै हिँड्नु सिबाय उपाय केही छैन । ऊ कहीँ लड्छ, कहीँ मूच्छा पर्छ । यसरी यमदूतहरू उसलाई यमपुरीमा लैजान्छन् ।

जब यमराजको भयङ्कर रूप देख्छ, तब ऊ कहालिँदै यमदूतसँग आकाश–मार्गबाट पहिले आफू मरेको ठाउँमा फर्किन्छ । ऊ डोरीले बाँधिएको छ, भोक र प्यासले पीडित छ ऊ । यातनाको पीडा खप्न नसकेर ऊ धुरुधुरु रुन थाल्छ । शोकाकूल जनले दिएको पिण्ड–पानी खाएर पनि ऊ तृप्त हुँदैन । यहाँनेर पुरोहित बाजे श्रोताहरूलाई तिलस्मी शैलीमा एक राउन्ड पानी छ्याप्छन् र स्वरको तह उकासेर भन्छन्, “जसको पिण्डदान हुँदैन, तिनीहरू प्रेत हुन्छन् र युग–युगान्तरसम्म व्याकुल भई जङ्गलमा भौँतारिन्छन् । पापीहरूले यमराजका हातको यातना नभोगेसम्म कसै गरे पनि मनुष्यचोला पाउँदैनन् । यसकारण प्रेत भएर बस्नु नपरोस् भन्नका निमित्त हे गरुडजी ! छोराले दस दिनसम्म पिण्डदान गरोस् ।”

प्रेतलाई भोक र प्यासले सताएर दारुण दृश्यको रचना गर्ने मनसायले पुराण लेखक बडापुरोहित बडो कुटिल नीति अपनाउँछन् । त्यो के हो भने छोराले दिएको पिण्ड प्रेतले सबै खान पाउँदैन । त्यसको चार भागको दुई भाग पञ्चमहाभूतलाई जान्छ, तेस्रो भाग यमदूतहरूले आफैँ खान्छन् । प्रेतले पाउने त बाँकी एक भाग मात्र हो ।

ए बाजे ! पिण्ड त कुकुर र कागले पो खाइरहेका छन् । के कुकुर र कागको विष्टामार्फत् प्रेत आदिले पिण्ड खाने हुन् ? मेरो यो मौन प्रश्न अन्तर्यामी बाजेलाई बोध हुँदैन, र म निराश हुन्छु ।


पुरोहित बाजे टुप्पी हल्लाउँदै र मुखका कुना–कुनामा फिँज प्रदर्शन गर्दै प्रबल आशा र परम् आनन्दका साथ यातनाको कथा सुनाइरहेका छन् । कथा भन्छ— पहिलो दिनको पिण्डले प्रेतको शिर बन्छ । दोश्रो दिनको पिण्डले गलो र काँध बन्छन् । तेस्रो दिनको पिण्डले हृदय, चौथो दिनकोले पिठ्युँ, पाँचौ दिनकोले नाभि, छैटौँ दिनकोले कम्मर, लिङ्ग, योनी, गुदद्वार र शरीरको मासु बन्छन् । सातौँ दिनको पिण्डले हाडखोडहरू, अनि आठौँ र नवौँ दिनका पिण्डले घुँडा र पाउ बन्छन् । यसरी जब प्रेतको पाखुरोजत्रो शरीरका सबै अङ्ग बनिसक्छन्, दसौँ दिनको पिण्डले त्यस शरीरमा भोक र प्यास उत्पन्न गरिदिन्छ ।

कटहरको छायामा बसेर पुराण सुन्दै म कल्पना गर्छु— पिण्डबाट मृतकको शरीर निर्माण गर्नुमा कथाका रचनाकार आदि पुरोहितको कुटिलतम चातुर्य एवं आपराधिक दूरदर्शिता झल्किन्छ । जीवित शरीरका तत्त्वहरू पञ्चमहाभूतका विलीन भइसकेका छन् तर मृतकलाई घोर ताडना र यातना दिएर त्यसको आतङ्ककारी प्रभावले शोकाकुल जनहरूका विदीर्ण चित्तमा त्रास र कोलाहल पैदा गर्नु छ । रहस्य, भ्रम र भयको सहाराले शोकाकुल जनहरूका शरीर गलाउनु छ र तिनको मनोबल चूरचूर पार्नु छ । यो कुटिल कर्म सम्पन्न नगरी दावीअनुसारको दान कसरी पो निचोर्न सकियोस् र ? कसो गरुड पुराणका रचनाकार बडीबाजे ?

जीवित शरीरका तत्वहरू पञ्चमहाभूतका विलीन भइसकेका छन् तर मृतकलाई घोर ताडना र यातना दिएर त्यसको आतङ्ककारी प्रभावले शोकाकुल जनहरूका विदीर्ण चित्तमा त्रास र कोलाहल पैदा गर्नु छ । रहस्य, भ्रम र भयको सहाराले शोकाकुल जनहरूका शरीर गलाउनु छ र तिनको मनोबल चूरचूर पार्नु छ । यो कुटिल कर्म सम्पन्न नगरी दावीअनुसारको दान कसरी पो निचोर्न सकियोस् र ? कसो गरुड पुराणका रचनाकार बडीबाजे ?

पुरोहित बाजे बाचनकर्ममा तल्लीन छन् । पिण्डको शरीर पाएको प्रेत एघारौँ र बाह्रौँ दिनको पिण्डमात्र खान पाउँछ । जब पिण्ड दिने दैनिक क्रम समाप्त हुन्छ, प्रेत फेरि भोक र प्यासले व्याकुल भइहाल्छ । ऊ पक्राउ परी टन्टनी बाँधिएको छ । ऊ अशक्त र असहाय एक्लो बाँदरझैँ लुखुर–लुखुर हिँडिरहेछ । वैतरणी नदीबाहेक यम–मार्गको फैलावट छयासी हजार योजन अर्थात तीन सय चवालीस हजार कोश छ । प्रेत एक दिन र एक रातमा पाँच सय अठासी कोश हिँड्न अभिशप्त छ । ऊ सोह्रवटा सहर नाघेर यमराजको दरवारमा पुग्छ । थकाइले चूरचूर भएको, यातानाले शरीर छियाछिया भएको र कतै एक थोपो पानी पिउन र एक टुस्को थकाइ मार्न नपाएको प्रेत व्यथित स्वरमा बिलौना गर्छ, “हा, धिक्कार हा !”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप