ललितपुरमा साथीको हत्या गरेर भारतमा मजदुरी, ११ वर्षपछि सीआईबीको फन्दामा
काठमाडौं । ललितपुरको गोदावरीस्थित झरुवारासीमा डिल बहादुर योञ्जनको हत्या गरेर भागेका दुईजना आरोपीलाई प्रहरीले पक्रेको छ ।
मकवानपुर घर भएका भिमसेन घागा मगर र रामकृष्ण चुनी मगरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । उनीहरु हत्या गरेको ११ वर्षपछि पक्राउ परेका हुन् ।
आरएस ईट्टाभट्टामा काम गर्ने मकवानपुरको भीमफेदी नरपालिका–८ का ३६ वर्षीय डिल बहादुरलाई उनीहरुले कोदाली (फरुवा)को बिँडले हानेर हत्या गरेका थिए ।
०६६ वैशाख २८ मा उनीहरुले आक्रमण गर्दा गम्भीर घाइते भएका डिल बहादुरको ३१ वैशाखमा वीर अस्पतालमा मृत्यु भएको थियो ।
साथीको हत्यापछि उनीहरु भारत गए । भारतको नयाँ दिल्लीमा भीमसेनले रिक्सा किनेर चलाए । रामकृष्णले प्लाष्टिक कम्पनीमा काम गरेर गुजारा चलाए । केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई पक्रेर नेपाल ल्याएको बताइएको छ ।
तर, ब्यूरोले उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुना नजिक नेपाल–भारत सीमानाबाट पक्राउ गरिएको दाबी गरेको छ ।
उनीहरुले भारतीय आधारकार्ड पनि लिएका छन् । हत्या आरोपीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको सीआईबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ