शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमणको चरमविन्दु पार !

जाडो महिनामा कोरोनाको दोस्रो लहर आउने सक्ने चेतावनी
सोमबार, ०३ कात्तिक २०७७, ०९ : १०
सोमबार, ०३ कात्तिक २०७७

भारतमा सक्रिय संक्रमितको संख्यामा लगातार गिरावट आइरहेको छ । दोस्रोतर्फ निको हुने दरमा बृद्धि भइरहेको छ । विश्वका सबैभन्दा धेरै संक्रमित भएका ५ देशमध्ये निको हुने दरमा भारत शीर्ष स्थानमा रहेको छ । भारतमा संक्रमित निको हुने दर ८८.८२ प्रतिशत रहेको छ । आर्थत् देशमा १०० संक्रमितमध्ये ८८ जना निको भइरहेका छन् ।

संक्रमित निको हुने मामिलामा ब्राजिल दोस्रो र रुस तेस्रो स्थानमा रहेका छन् । ब्राजिलको निको हुने दर ८८.७२ रहेको छ भने रुसमा यो ७६.५० रहेको छ । संक्रमणको मामिलामा अमेरिकाको निको हुने दर ६५.११ रहेको छ । सबैभन्दा कम स्पेनको १५.३० रहेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले आइतबार सामाजिक सञ्जालमा गरिएको ‘सन्डे संवाद’ कार्यक्रममा एक प्रश्नको उत्तर दिँदै देशको केही क्षेत्रमा संक्रमण कम्युनिटी ट्रान्समिसनको चरणमा पुगेको स्वीकार गरेका छन् ।

यता, देशका संक्रमितको संख्या ७५ लाख पार गरेको छ । हालसम्म भारतमा ७५ लाख ४७ हजार ५९८ संक्रमित फेला परेका छन् र यसमध्ये ६६ लाख ५८ हजार ४४६ ठीक भएका छन् । १ लाख १४ हजार ६२९ जनाले ज्यान गुमाएका छन् भने ७ लाख ७३ हजार २९७ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोनाको उच्चविन्दु सेप्टेम्बर आएको र फेब्रुअरी २०२१ मा यो खतम हुने दाबी सरकारद्वारा गठित वैज्ञानिकहरुको नेशनल सुपरमोडल समितिले दाबी गरेको छ । यस समितिमा आईआईटी हैदराबाद र आईआईटी कानुपरसहित कयौँ प्रतिष्ठत संस्थानका विशेषज्ञ सामेल छन् ।

समितिका अध्इक्ष हेदराबद आईआईटीका प्राध्यापक विद्यासागरका अनुसार फेब्रुअरीमा महामारी नगण्य स्तरमा पुग्नेछ । त्यतिबेलासम्म देशमा १.०६ करोड सक्रमित भइसकेका हुनेछन् ।

दोस्रोतर्फ, महामारी नियन्त्रणका लागि बनेको टास्क फोर्सका प्रमुख वीके पालले भने जाडो महिनामा कोरोनाको दोस्रो लहर आउने सक्ने चेतावनी दिँदै निकै सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप