ललितपुरमा अपहरित बालिकाको सकुशल उद्धार, ३ जना पक्राउ
लतिलपुरमा अपरहणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ । महानगरीय प्रहरी परिसर,ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्तिक ३ गते बेलुका ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट बालीकाको सकुशल उद्धार गरेको छ ।
ललितपुर माहालक्ष्मी नगरपालिका–४ इमाडोलबाट अपरिचित ३–४ जना व्यक्तिहरूले बालीकाको अपहरण गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–२९ हरिसिद्धीबाट बालिका सकुशल उद्धार गरेको हो ।
प्रहरीले अपहरणमा संलग्न जिल्ला सर्लाही हरिवन नगरपालिका ८ बाँसटोल घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्वी बस्ने बर्ष ३० का राजु कार्की, जिल्ला काभ्रे नबोबुद्व नगरपालिका ८ घर भई सोही स्थान बस्ने बर्ष २३ कि सीता परियार र जिल्ला धनुषा धारापानि गाउँपालिका २ घर भई सोही स्थान बस्ने बर्ष ४० को कृष्ण तोलाङ्गीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु