शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘इच्छा मृत्यु’ को पक्षमा न्युजिल्याण्ड

शुक्रबार, १४ कात्तिक २०७७, ०९ : २३
शुक्रबार, १४ कात्तिक २०७७

न्युजिल्याण्डले ‘इच्छा मृत्यु’ को पक्षमा मतदान गरेको छ । यो महिना भएको आम निर्वाचनका दौरान गरिएको जनमत संग्रहमा सो नतिजा देखिएको देशको निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको हो ।

न्युजिल्याण्डका जनतालाई इच्छा मृत्युसम्बन्धी ‘इन्ड अफ लाइफ च्वाइस बिल’ नामक कानुनको पक्ष वा विपक्षमा मतदान गर्न भनिएको थियो । यसले दीर्घकालिन र गम्भीर बिरामी भएकालाई उनीहरुको इच्छाअनुसार मर्न सहयता गर्न दिनेछ ।

प्रारम्भिक नतिजाअनुसार ६५.२ प्रतिशतभन्दा बढी मतदाताले यस कानुनको पक्षमा मतदान गरेका छन् । झण्डै ५ लाख मत अझै गन्न बाँकी रहेको छ । यसको अन्तिम नतिजा नोभेम्बर ६ मा जारी गरिनेछ ।

यदी अन्तिम नतिजा पनि यस्तै आए न्युजिल्याण्ड नेदरल्याण्ड र क्यानडापछि पछि इच्छा मृत्युलाई वैधानिकता दिने राष्ट्र बन्नेछ ।

प्रधानमन्त्री जसिन्डा आड्र्रेन इच्छा मृत्यु र रमाइलोका लागि गाँजाको प्रयोगलाई वैधानिकता दिने पक्षमा छिन्। यद्यपि, गाँजाको प्रयोगको विषयमा भने ५३.१ प्रतिशत जनता विपक्षमा उभिएको देखिएको छ ।

अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप