काँग्रेस पदाधिकारी बैठकः तीन एजेण्डामा छलफल
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ । पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी र महामारी नियन्त्रणका लागि सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको विषयमा बैठकमा छलफल भएको हो ।
काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको बताएका छन् । उनले पार्टीभित्र देखिएको मत भिन्नता र महाधिवेशन हुने/नहुने विषयमा देखिएको अन्यौलताका विषयमा पनि छलफल भएको बताए । यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।
कोरोना संकटको बेला सरकार संवेदनशील नभएको उल्लेख गर्दै उनले जनताको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा भोलि बस्ने पदाधिकारी बैठकले स्पष्ट पार्ने र केन्द्रीय समिति बैठकमा निर्णय गरेर अगाडि बढ्ने बताए । बैठक भोली पनि बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण