बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्जिए प्रधानमन्त्री ओली:...त्यसैले म राजीनामा दिन्न !

बुधबार, १९ कात्तिक २०७७, १४ : ३२
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले अहिले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफू त्यसका लागि तयार नभएको बताएका हुन् ।

‘अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले म राजीनामा दिन्न्’, प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले बाहिर आफुविरुद्ध विभिन्न तयारी भइरहेको भन्दै त्यस्ता हल्लाले केही नहुने दावी गरे ।

‘केही हुनेवाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले म आएको हुँ’ सम्बोधनका क्रममा उनले भने, ‘तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् । धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र ?’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप