भारतीय सेनाप्रमुख नरवणेद्वारा वसन्तपुरको अवलोकन
काठमाडौं । तीने दिने नेपाल भ्रमणमा आएका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज कुमारीदेवीको दर्शन गरेका छन् । इण्डियन एयर फोर्सको विमानबाट आज नेपाल आएका नरवणे कुमारीको दर्शनका लागि उनी आफ्ना श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेका थिए । उनले कुमारीको दर्शन गरी वसन्तपुर स्क्वायरको अवलोकन पनि गरेको नेपाली सेनाले जनाएको छ ।
भारतीय सेना प्रमुख नरवणेलाई भोलि राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमको बीच राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाको मानाथ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यसूची रहेको छ । सीमा विवादलाई लिएर नेपाल भारतबीच सम्बन्ध चिसिएको बेला र नेपालको राजनीति तरल अवस्थामा रहेको बेला नरवणेको नेपाल भ्रमण भएको हो ।
त्यसैले उनको भ्रमणलाई सबैले चासोपूर्वक हेरिरहेका छन् । नरवणे विमानस्थलमा ओर्लेपछि बाहिर उनको सांकेतिक रुपमा विरोध समेत भएको थियो । विरोध प्रदर्शनका क्रममा उनलाई कालो झण्डा देखाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण