पुनर्निर्माणको स्थलगत अनुगमन गर्न परराष्ट्रमन्त्री र सहरी विकास मन्त्री काष्ठमण्डपमा, तस्विरमा हेर्नुहोस्
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । काष्ठमण्डप पुनर्निर्माणको काम आगामी वर्षको बैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको उल्लेख गर्दै उनले तोकिएकै समयमा काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताएका हुन् ।

सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठसहित काष्ठमण्डप पुनर्निर्माणको कार्यप्रगतिका विषयमा स्थलगत अनुगमनमा पुगेका मन्त्री ज्ञवालीले तोकिएको समय र तोकिएभन्दा कम लागतमा पुनर्निर्माणको काम सम्पन्न भइरहेकोमा खुसी पनि व्यक्त गरे । उनले काष्ठमण्डपको काम तीव्रताका साथ र मौलिकताका साथ भइरहेकोमा खुसी समेत व्यक्त गरे । स्थानीय समेतको सहभागिता हुँदा निर्धारित समयमा कुल अनुमानित लागतभन्दा एक तिहाइ कम रकममा सम्पदाको संरक्षण र पुनर्निर्माण भइरहेको उनले बताए ।

उनले सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा स्थानीयलाई सहभागिता गराउने नीतिले पुनर्निर्माणको क्षेत्रमा नमुना स्थापित गरेको पनि बताए । स्थानीयको सहभागितामा हुने पुनर्निर्माणले सम्पदाहरुको मौलिक स्वरुप नबिग्रिने उनको भनाइ थियो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षको वैशाख १२ गते उद्घाटन गर्ने गरी अहिले काम जारी रहेको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण