शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोना संक्रमण जेल रहेछ, मर्छु भन्ने डर चाहिँ कहिल्यै लागेन’

कसरी संक्रमित भएँ भनेर अझै आश्चर्य मै छु : अभिनेत्री ऋचा शर्माको कोरोना अनुभव
मङ्गलबार, २५ कात्तिक २०७७, ०४ : ३८
मङ्गलबार, २५ कात्तिक २०७७

 

 

यतिबेला पुरै विश्व कोरोना (कोभिड —१९)को चपेटामा छ । नेपालमा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ । कोरोना संक्रमणको नजरले काठमाडौ उपत्यका ‘डेन्जर जोन’ बनेको छ ।

कोरोना संक्रमणले हरेक क्षेत्रका मानिस प्रभावित भएका छन् । मन्त्री, सांसददेखि लिएर उच्च तहका कर्मचारी, सुरक्षाकर्मी, ब्यवसायीलगायत कुनै पनि क्षेत्रका मानिस कोरोनाबाट प्रभावित नभएको भन्ने छैन । कला तथा मनोरञ्जन क्षेत्रका हाम्रा सेलिब्रेटी पनि यसबाट अछुतो रहन सकेका छैनन् । कोरोना संक्रमित हुने थुप्रै कलाकार छन्, तीमध्ये कतिपय ठिक भइसकेका छन् भने कतिपय अझै पनि कोरोनासँग लड्दैछन् । कोरोनालाई परास्त गर्ने कलाकारमध्ये अभिनेत्री ऋचा शर्मा पनि एक हुन् । उनले अघिल्लो सातामात्र कोरोनालाई परास्त गरेकी हुन् । उनी अहिले पूर्णरुपमा स्वस्थ्य छिन् ।

प्रस्तुत छ, १६ दिनको होम आइसोलेशनपछि कोरोना परास्त गरेकी अभिनेत्री शर्माको कोरोना अनुभव उनकै शब्दमा ।

कोरोना देखिएको दुई साताभन्दा केही अगाडिदेखि नै म कुन कुन ठाउँ गएँ, के के गरेँ भनेर नियाल्दा सुरक्षाको नियम पालना नगरेको र सामाजिक दुरीमा ख्याल नगरेको कुनै क्षण पनि देखिनँ । त्यसैले म कसरी संक्रमित भएँ भनेर अझै आश्चर्य मै छु ।

मै आश्चर्यमा छु

कोरोना जितेको पनि केही समय भइसक्यो । म अहिले पनि सोच्दैछु, मलाई कोरोना संक्रमण कसरी भयो ! किनभने भनिन्छ, शरीरमा भाइरस पसेको दुई हप्तापछि त्यसको लक्षण देखिन्छ ।

कोरोना देखिएको दुई साताभन्दा केही अगाडिदेखि नै म कुन कुन ठाउँ गएँ, के के गरेँ भनेर नियाल्दा सुरक्षाको नियम पालना नगरेको र सामाजिक दुरीमा ख्याल नगरेको कुनै क्षण पनि देखिनँ । त्यसैले म कसरी संक्रमित भएँ भनेर अझै आश्चर्य मै छु ।

लुगा पसल, रेष्टुरेन्टलगायत जुनै ठाउँका ढोका, टेबल आदिबाट सरेको होला कि ! म सजग थिएँ त्यसैले संक्रमित मानिसबाट सर्‍यो भन्ने लाग्दैन । किनभने, मैले त्यस्तो कुनै ब्यक्तिसँग भेट गरेको छैन । र, भेटमा भौतिक दुरी कायम नगरेको र सुरक्षा सजगता नदेखाएको अवस्था पनि थिएन ।

साँच्चै पोजेटिभ

एकदिन बिहान उठ्दा शरीर रन्केर दुखेको थियो । थाकेको जस्तो महसूस भइरहेको थियो । पहिले कहिलेकाहीँ लगातार ८÷९ दिन सुटिङ गर्दा पनि यस्तै हुन्थ्यो । आज सुटिङ जान नपरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो । त्यस्तै भएको होला भन्ने लाग्यो । बिस्तारै त्यो दिन टाउकोसमेत दुख्न थाल्यो । मैले मौसमी फ्लुको कारण होला भन्ने सोचेँ ।

विगतका वर्षहरुमा पनि म यस्तो समय बिरामी हुन्थेँ नै । केही पहिले मलाई रुघा लागेको थियो । मेरो श्रीमानले पनि एकदिन हेरौँ, नत्र कोरोना परीक्षण गरौँला भन्नुभयो । भोलिपल्ट १००.६ डिग्री ज्वरो आयो । टाउको दुखाइ जारी थियो ।

विगतका वर्षहरुमा पनि म यस्तो समय बिरामी हुन्थेँ नै । केही पहिले मलाई रुघा लागेको थियो । मेरो श्रीमानले पनि एकदिन हेरौँ, नत्र कोरोना परीक्षण गरौँला भन्नुभयो । भोलिपल्ट १००.६ डिग्री ज्वरो आयो । टाउको दुखाइ जारी थियो । त्यसैले यो मौसमी फ्लु होइन भन्ने लाग्यो । तेस्रो दिनमा कोरोना परीक्षण गराएँ । लक्षण देखिएको चौथो दिन कोरोना रिपोर्ट पोजेटिभ आयो ।

रिपोर्ट आउनुभन्दा पहिले नै म आफुलाई कोरोना भएको निर्क्यौल गरेर आइसोलेशनमा बस्न थालिसकेको थिएँ ।  किनभने मेरो लक्षण पुरै कोरोनाकै थियो । अर्काे कुरा, मेरो सासु–ससुरा वृद्ध हुनुहुन्छ । उहाँहरुलाई पनि यो रोगको चपेटामा आउनबाट बचाउनेतर्फ म सजग नै रहनु उचित हुन्थ्यो ।

मर्छु भन्ने लागेन

कोरोनाको विषयमा दैनिक त्रसित हुने विभिन्न समाचारहरु देख्न/सुन्न मिलिरहेको थियो । युवाहरु समेत यसबाट मरिरहेका थिए । मेरो पनि कोरोना काउन्टिङ धेरै ‘लो’ आएको थियो ।

टेकु अस्पतालको डाक्टर अनुप बास्तोलासँग मेरो पहिलेदेखि नै चिनजान थियो । जुन दिनदेखि टाउको दुखेको थियो, त्यो दिनदेखि मैले उहाँसँग नियमित सल्लाह लिइरहेको थिएँ । उहाँले पनि मलाई ‘कोरोना भएको हुनसक्छ’ भनेर मानसिक रुपमा तयार गरिदिनुभएको थियो । ‘केही रोगको नियमित औषधि खाइरहनु भएको छैन, केही हुन्न’ भनेर सान्त्वनासमेत दिनु हुन्थ्यो ।

कलाकार समीरमान दाइसँग पनि ‘के हुन्छ’ भनेर सोधेको थिएँ । ‘केही हुन्न, आइसोलेशनमा बस्ने, मज्जाले पोषिलो खानेकुरा, तातोपानी खाने, योगा गर्ने’ भनेर सिकाउनु भएको थियो ।

जुन रोगको केही औषधि छैन, त्यो रोग कसरी ठिक गर्ने होला भनेर केही चिन्ता त लाग्यो । जसरी पनि यसलाई ठिक गर्नुपर्छ भन्ने सोच पनि ममा थियो । एक्लै आइसोलेशनमा बस्दा मनमा विभिन्न कुराहरु खेल्दारहेछन् ।

जुन रोगको केही औषधि छैन, त्यो रोग कसरी ठिक गर्ने होला भनेर केही चिन्ता त लाग्यो । जसरी पनि यसलाई ठिक गर्नुपर्छ भन्ने सोच पनि ममा थियो । एक्लै आइसोलेशनमा बस्दा मनमा विभिन्न कुराहरु खेल्दारहेछन् । त्यसका लागि किताब पढेर, कमेडी फिल्म हेरेर आफुलाई ब्यस्त र खुसी राख्थेँ ।

धेरै झोलकुरा, तातोपानी, बेसार पानी लगायत प्रशस्तै खान्थेँ । यो पहिले पनि खाइरहेको थिएँ । दिनको ३÷४ लिटर तातोपानी खान्थेँ । जुन दिन मेरो पोजेटिभ रिपोर्ट आयो, त्यसको भोलिपल्टबाट मेरो स्वास्थ्य अवस्थामा सुधार हुन सुरु भइसकेको थियो । लक्षण देखिएको, कोरोनोको आशंका गरिएको, परीक्षण गरेको र रिपोर्ट पोजेटिभ आएको दिन भने मलाई धेरै गाह्रो बनाएको थियो ।

आइसोलेशनमा बस्दा बेलाबेलामा अक्सिजन चेक गरेको थिएँ । ठिकै थियो, निन्द्रा लागेको थियो । खानासमेत मज्जाले रुचेको थियो । त्यसैले म मरिहाल्छु वा अस्पताल कुदाउनुपर्छ भन्ने कहिल्यै लागेन । मेरो श्रीमान् पनि अलग्गै आइसोलेशनमा हुनुहुन्थ्यो । उहाँमा हल्का रुघामात्र देखिएको थियो । उहाँको पनि रिपोर्ट पोजेटिभ आयो । आइसोलेशनमा आआफ्नै तवरले समय बितायौँ । आफूले आफूलाई कुनै न कुनै कुराले सक्रिय राखेँ ।

https://www.youtube.com/

म ठिक हुन्छु भन्ने नै थियो । कोरोना सामान्य रुघा जस्तै मात्रै रहेछ भन्ने मेरो बुझाइ थियो । तर यसले हामीलाई निकै गलाउने रहेछ । कहिलेकाहीँ टाउको दुख्ने, अचानक जिउ तात्ने हुँदोरहेछ । कोरोनाको असर सबैलाई फरक–फरक छ । मलाई भने त्यस्तो ठुलो असर भएन ।

म ठिक हुन्छु भन्ने नै थियो । कोरोना सामान्य रुघा जस्तै मात्रै रहेछ भन्ने मेरो बुझाइ थियो । तर यसले हामीलाई निकै गलाउने रहेछ । कहिलेकाहीँ टाउको दुख्ने, अचानक जिउ तात्ने हुँदोरहेछ । कोरोनाको असर सबैलाई फरक–फरक छ । मलाई भने त्यस्तो ठुलो असर भएन । १६ दिन आइसोलेशनमा बसेपछि १७ औँ दिनमा रिपोर्ट नेगेटिभ आयो ।

नयाँ इनर्जी

कोरोना पोजेटिभ देखिएपछि डाक्टरले कोटोपार्क भन्ने एक औषधि दिनको ३ पटक सेवनका लागि सिफारिस गर्नु भएको थियो । किटाणु मार्नका लागि जिङ्क चक्की खानु भन्नुभएको थियो । भिटामिन सी घरमै ४÷५ महिनादेखि नियमित खाँदै आएका थियौँ । भिटामिन डी पनि पहिले देखिनै घरमा सबैले खाने गरेका थियौँ । त्यसैले कोरोना जित्न कठिन भएन । कोरोना मुक्त भएको भोलिपल्टबाट शरीरमा नयाँ इनर्जी आएकोजस्तो फिल भयो ।

सासु–ससुराको त्यो डर

मेरो सासु–ससुरा वृद्ध हुनुहुन्छ । त्यसैले पनि ममा कोरोना देखिएपछि अब के हुने हो भनेर उहाँहरु एकदमै डराउनु भएको थियो । मेरो श्रीमान्लाई पनि कोरोना देखिएपछि उहाँहरु झनै आत्तिनु भएको थियो ।

मेरो ससुरा पहिलेको आर्मी अफिसर हुनुहुन्छ । त्यसैले पनि घरमा सबैको एकदमै अनुशासन छ । आइसोलेशनका लागि पनि नियम बनेको थियो, कसले के के गर्ने भनेर । त्यसैले खासै असजिलो भने भएन ।

जति नै सोच्दिनँ भने पनि मानसिक रुपमा अलिकता ‘असर’ चाहिँ गर्दाेरहेछ । यो नयाँ चिज भएकोले पनि एक किसिमको डर निश्चय पनि हुँदोरहेछ ।

छिमेकीले थाहा पाएनन्

कोरोना लागेको समय छरछिमेकीले समेत थाहा पाएनन् । जब ठिक भएर मैले नै जानकारी गराएँ, त्यसपछि मात्र थाहा पाउनुभयो । वडा कार्यालयमा भने हामीले जानकारी गराएका थियौँ, जानकारी गराउनु पनि पर्दाेरहेछ ।

राज्यको भूमिका देखिएन

मेरो हकमा संक्रमित भएपछि राज्यको कुनै भूमिका देखिएन । जनस्वास्थ्यबाट केही जानकारी लिन फोन गर्नुभएको थियो । हामीले कोरोना बिमा पनि गरेका थियौँ । त्यसको लागि प्रोसेस पनि भएको थियो । वडा कार्यालयबाट पनि फोन आएको थियो । आइसोलेशनमा बसे–नबसेको सोध्नुभएको थियो । राज्यको तर्फबाट त्यस्तो कुनै सहयोग भएको महसूस गर्न पाइएन ।

आइसोलेशनमा बसेको समय पनि दोस्रो पटक चेकअप गर्न वडामा झन्झट, धेरै कुर्नुपर्ने रहेछ । त्यो सहज भइदिए हुन्थ्यो । मैले निजी स्वास्थ्य संस्थामा परीक्षण गराएँ । निजी अस्पतालले बिहान दिएको स्वाब नमुनाको रिपोर्ट बेलुका दिन्छ । सरकारीमा पनि त्यस्तै भए केही सहज हुन्थ्यो कि भन्ने लाग्छ, अन्यका लागि ।

आइसोलेशनमा बसेको समय पनि दोस्रो पटक चेकअप गर्न वडामा झन्झट, धेरै कुर्नुपर्ने रहेछ । त्यो सहज भइदिए हुन्थ्यो । मैले निजी स्वास्थ्य संस्थामा परीक्षण गराएँ । निजी अस्पतालले बिहान दिएको स्वाब नमुनाको रिपोर्ट बेलुका दिन्छ । सरकारीमा पनि त्यस्तै भए केही सहज हुन्थ्यो कि भन्ने लाग्छ, अन्यका लागि । सरकारले आर्थिक अवस्था हेरेर औषधि, परीक्षणमा सहयोग गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।

राज्यले कोरोनाको विषयमा जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ । बुढापाकालाई कोरोना र सतर्क रहन बुझाउन गाह्रो छ । बुझाउन सकिएको छैन । कतिपय मानिस आइसोलेशनमा नबस्ने, मास्क लगाउन नमान्ने गरेको समाचार बाहिर आएका छन् । त्यस्तो ब्यक्तिलाई राज्यको तर्फबाट चेतना प्रदान गर्न तथा आवश्यक परेमा कडाइ गर्न समेत आवश्यक छ ।

कोरोना जेल रहेछ

कोरोना जेल रहेछ । पढ्दा र सुन्दा भन्दा भोग्दा बेग्लै अनुभूति हुने रहेछ । यसमा हेलचेक्य्राइँ नगर्न पनि सबैमा अनुरोध गर्दछु । कोरोना नलाग्दा पनि म निकै सजग थिएँ ।

अहिले चिसो बढेको छ । पहिले १४ दिनमा आउने नेगेटिभ रिपोर्ट अहिले २०/२१ दिनसम्म पनि लाग्ने गरेको छ । अर्थात् पहिले १४ दिनमा ठीक हुने यो संक्रमणको ठीक हुने समय अझै बढेर गएको छ । शायद चिसो मौसम शुरु हुन थालेको कारणले पो हो कि ? त्यसैले एकदमै सतर्क रहन सबैलाई सुझाव दिन चाहन्छु । प्रशस्तै घाममा बस्न बिरामीलाई अनुरोध गर्दछु ।

आफूलाई कोरोना छैन भनेर ढुक्क भएर बस्न, वेवास्ता गर्न तथा लापरवाह हुनु ठीक हुन्न । अहिले संक्रमण नदेखिएकालाई पनि जुनसुकै बेला संक्रमण हुन सक्नुहुन्छ । त्यसैले सबैजनालाई सतर्क रहन र कोरोना भएकालाई नराम्रो दृष्टिले ब्यवहार नगर्न अनुरोध छ मेरो । कतिपयले स्वास्थ्य नियम पनि पालना नगरेको देखिन्छ । स्वास्थ्य नियमको पालना आफ्ना लागि हो, पालना गर्दिनुस् ।

https://www.youtube.com/

आफूलाई कोरोना छैन भनेर ढुक्क भएर बस्न, वेवास्ता गर्न तथा लापरवाह हुनु ठीक हुन्न । अहिले संक्रमण नदेखिएकालाई पनि जुनसुकै बेला संक्रमण हुन सक्नुहुन्छ । त्यसैले सबैजनालाई सतर्क रहन र कोरोना भएकालाई नराम्रो दृष्टिले ब्यवहार नगर्न अनुरोध छ मेरो ।

कोरोनाले मलाई धेरै गाह्रो पारेन तर कतिपयलाई धेरै गाह्रो पारेका उदाहरण प्रशस्त छन् । आफूलाई कोरोना छैन भनेर हल्का रुपमा लिनु भएन । कोरोना घातक जनस्वास्थ्य समस्या हो भनेर हामीले भुल्नु भएन । यो समस्या घातक नभएको भए विश्वमा १० औं लाख मानिस यही संक्रमणको कारण कसरी मरे ? विश्वलाई कसरी र केले ठप्प बनायो त ? यो रोगले दीर्घरोगी, बुढाबुढीलाई निकै गाह्रो पार्दाे रहेछ । कहिल्यै पनि अस्पतालमा नबसेको, सिटामोलबाहेक औषधि नखाएको मेरा आफन्तसमेत यो रोगबाट बित्नुभएको छ । त्यसैले यो समस्यालाई गम्भीरतापूर्वक लिन हुन सबैमा मेरो अनुरोध छ ।

यो रोगको अहिलेसम्म औषधी–खोप बनिसकेको छैन । त्यसैले जनस्वास्थ्यविद्हरुले बारम्बार यसबाट बच्ने सबैभन्दा उत्तम उपाय जनस्वास्थ्यका नियमहरुको पालना हो भनेर भनिरहेका छन् । हामीले उहाँहरुको कुरा सुन्नुपर्छ । कोरोनाबाट बच्ने सबैभन्दा उत्तम भौतिक दूरीको नियमलाई पालना गरियो भने हत्तपत्त यो संक्रमण सर्न पाउँदैन । त्यसैले सार्वजनिक स्थानहरुमा हामी जाँदा सकेसम्म भौतिक दूरकीको पालना गरौं । मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र बेलाबेलामा हात धुने– यी तीन कुरा गर्नसक्यो भने कोरोना संक्रमण एक अर्काबाट सर्ने सम्भावना आफैं धेरै कम भएर जान्छ । सबैभन्दा महत्त्वपूर्ण कुराः  कोरोनामात्र होइन, जुनै रोगको लागि पनि आत्मबल नै सबैभन्दा पहिलो औषधि हो । त्यसैले कोरोना संक्रमित भइहालियो भने पनि नआत्तिऔं, सधैँ आत्मबल उच्च राख्ने गरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप