शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आपसी एकता र सद्भाव बृद्धि होस्ः प्रधानमन्त्री ओली

मङ्गलबार, २५ कात्तिक २०७७, ०९ : ३३
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभुति, समाज सुधारक महागुरु फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव बृद्धि होस्’ भन्ने कामना गरेका छन् । 

फाल्गुनन्दको मंगलबार १३६ औं जन्मजयन्तीका अवसरमा ट्वीटमार्फत् सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।

‘राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु’, प्रधानमन्त्रीले ट्वीटरमार्फत् भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप