शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नोगार्नो–काराबाख सम्झौता, गस्तीका लागि रुसी सेना परिचालन

अर्मेनियामा बढ्यो आक्रोश, अजरबैजानको जित ?
मङ्गलबार, २५ कात्तिक २०७७, २० : ५७
मङ्गलबार, २५ कात्तिक २०७७

नागार्नो–काराबामको विवादित क्षेत्रमा युद्ध समाप्त गर्ने सम्झौता भएसँगै रुसी शान्ति सेना गस्तीमा हिँडेको छ । शान्ति सम्झौता टुुंगोमा पुुगेसँगै शान्ति सेना बोकेको विमान काराबाखतर्र्फ लागेको रुसले जनाएको छ । 

अजरबैजान र अर्मेनियाबीच ६ हप्ता लामो लडाइँपछि  सम्झौता भएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अजरवैजानका राष्ट्रपति इल्हाम अल्यिभ र अर्मेनियाका प्रधानमन्त्री निकाल पासियानले हस्ताक्षर गरेको सम्झौता स्थानीय समयअनुसार मंगलबार १ बजेर १ मिनेट जाँदा लागू भएको छ । यस सम्झौताअनुसार  लडाँइको समय अर्मेनियाले कब्जा गरेका नोगार्नो–काराबाखका क्षेत्रहरुमा अजरबैजानले नियन्त्रण राख्नेछ । 

नजिकका अन्य धेरै विवादित क्षेत्रबाट आगामी केही साताभित्र आफ्ना सैनिक हटाउने सहमति पनि अर्मेनियाले गरेको छ । जसकारण, यस सम्झौतालाई अजरबैजानको जीत र अर्मेनियाको हारका रुपमा पनि लिइएको छ ।

नयाँ सम्झौतापछि अर्मेनियामा आक्रोश बढेको छ । आफ्ना सैनिक फिर्ता गर्ने सम्झौताको विरोधमा प्रदर्शनकारीहरुले संसद् घेराऊ गरेका छन् भने प्रधानमन्त्री कार्यालयमा पनि हुुलदंगा गरेका छन् । यता, अजरबैजानमा भने सर्वसाधारणहरुले खुसीयाली मनाएका छन् । 

अर्मेनियाली प्रधानमन्त्री निकोल पासिन्यानले यस सम्झौता ‘आफू र आफ्ना जनता दुुबैका लागि पिडादायी’ भएको छन् । 
नोगार्नो काराबाख  क्षेत्रलाई अन्तर्राष्ट्रिय समुदायले अजरबैजानको भूमि मान्छ, तर यहाँ १९९४ देखि अर्मेनियाली मुलका आदिवासीहरुको उपस्थिति छ । युद्ध सकिएपछि १९९० को दशकमा रुसको मध्यस्थतामा युद्ध विराम भएपनि शान्ति सम्झौता भएको थिएन । 

गत वर्ष दुुबै पक्षले तनाव कम गर्नका लागि कदम चालेका थिए । तर, गत सेप्टेम्बरको अन्त्यमा फेरि लडाइँ सुरु भयो । र, द्वन्द्व अन्त्यका लागि गरिएका धेरै प्रयास असफल भए ।

के सम्झौता भयो ?
सम्झौतअनुसार रुसी शान्ति सेनाहरु फ्रन्टलाइनको गस्तीमा तैनाथ हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । यी सेनाहरुले काराबाखको राजधानी स्टेपानाकेर्टलाइ अर्मेनियासँग जोड्ने लाचिन कोरिडोरको निगरानी गर्नेछन् । 

त्यसलगत्तै आफ्ना १९ सय ६० सैनिक यस कार्यमा परिचालित हुने रुसी विदेश मन्त्रालयले जनाएको थियो । अजरबैजानका राष्ट्रपति अल्यिभले सम्झौताअनुसार टर्किस शान्ति सेनाले पनि गस्तीमा हिस्सा लिने बताएका थिए । यद्यपी, रुसले यस विषयलाई खण्डन गरेको छ । 

‘काराबाखमा टर्किस सेनाको परिचालनबारे सम्झौता भएको छैन,’ क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभलाई उदृत गर्दै रुसको सरकारी समाचार एजेन्सी तासले लेखेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप