काँग्रेसमा अझै तयार भएन सहमतिको खाकाः बैठक पाँचौँ पटक सर्यो
काठमाडौं । नेपाली काँग्रेसको बिहीबारलाई बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कात्तिक २७ गतेको बैठक कात्तिक २८ गते शुक्रबार दिनको १ बजेसम्मका लागि स्थगित गरिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार विहीबार पार्टीका उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाको पिसिआर परीक्षण गरिएको र रिपोर्ट नआएकाले बैठक शुक्रबारलाई सारिएको हो । निधि र सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु केही दिनदेखि होम आइसोलेसनमा छन् ।
पार्टीभित्रको आन्तरिक विवाद र कोरोनाका कारण पाँचौ पटक काँग्रेस बैठक स्थगित हुन पुगेको छ । यसअघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो ।
पार्टीमा सहमति नभएपछि २१ कात्तिकका लागि बोलाइएको बैठक २४ कात्तिकका लागि सारियो । २४ कात्तिकका लागि बोलाइएको बैठक २७ हुँदै २८ गतेलाई सारिएको छ । यता, बैठकका लागि सहमतिको खाका तयार हुन सकेको छैन । २३ गते शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिन महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्कासहितका नेताबीच छलफल जारी छ ।
महामन्त्रीद्वय कोइराला र खड्कासहित नेता अर्जुननरसिंह केसी, प्रकाशशरण महत, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रमेश लेखक र आन्नद ढुंगानाबीच बुधबारदेखि छलफल भइरहेको छ । उनीहरुबीच पार्टी कार्यायल सानेपामा बुधबार र विहीबार भएको छलफलमा खाका तयार हुन नसकेपछि शुक्रबार पनि बैठक हुने बुझिएको छ । बैठक सर्नुको अर्को कारण सहमतिको खाका तयार नहुन पनि रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
