स्नेहा केयरमा गरियो कुकर पूजा, जहाँ कुकुरहरु रमाइरहेका छन् (तस्बिरहरु)
शनिबार, २९ कात्तिक २०७७, १२ : ४१
पशुअधिकारको क्षेत्रमा क्रियाशील संस्था स्नेहा केयरमा शनिबार कुकुर तिहारको अवसरमा त्यहाँ राखिएका कुकुरहरुको पूजा गरिएको छ । स्नेहा केयरले सडकमा भेटिएका घाइते कुकुरलगायत अन्य पशुहरुको उद्धार, उपचार तथा संरक्षणका लागि काम गर्दै आएको छ ।
सोही स्नेह केयरले ललितपुरको भञ्जाङस्थित जलबिहार मन्दिरको छेउमा कुकुर संरक्षणका लागि सेल्टर चलाउँदै आएको छ। केयरमा डेढ सयभन्दा बढी कुकुर रहेका छन् ।
स्नेहा केयरले सेल्टरमा कुुकुर संरक्षण गर्ने मात्र नभई स्थलगत रूपमा पनि घाइते रोगी कुकुरको उपचार गर्नुका साथै बन्ध्याकरणका कामहरू गर्ने गरेको छ । केयरका सञ्चालक स्नेहा श्रेष्ठको सक्रियताकै कारण मृत्युको मुखमा पुगेका कतिपय कुकरले नयाँ जीवन पाएका छन् भने उनको कुकुरलगायतका पशु प्रेम र त्यसप्रतिको लगावलाई धेरैले प्रशंशा गर्दै आएका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण