आजबाट टेलिभिजनमा ‘नेपाली कमेडी शो’
बुधबार, ०३ मङ्सिर २०७७, १२ : ३९
काठमाडौं । स्ट्याण्ड–अप कमेडीमा आधारित नयाँ टेलिभिजन कार्यक्रम ‘नेपाली कमेडी शो’ प्रसारणमा आउने भएको भएको छ । हास्यकलाकार राजा राजेन्द्र पोखरेलद्वारा निर्मित कार्र्यक्रम आज मंसिर ३ गते बुधवारदेखि जनता टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो ।
राती ८ः४५ बजेदेखि प्रसारण हुने कार्यक्रम उज्वल प्रशान्तले निर्देशन गरेका हुन् । एक घण्टा लामो कार्यक्रममा कलाकारहरु राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, दिनेश काफ्ले, प्रभात लामा, राधिका कँडेल, सुन्दर खनाल, कल्पना खतिवडा, सुयासा खनाललगायत कलाकारले जोडदार प्रस्तुति मार्फत दर्शकलाई हँसाउनेछन् । कार्यक्रम जनता टेलिभिजन एचडीको प्रस्तुतिमा तयार पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
-
प्रचण्ड र ओलीसँग भेटेपछि रविले भने– प्रश्न उठेपछि बोल्न पाउनुपर्छ
-
अर्थमन्त्री भन्छन्– नीति तथा कार्यक्रमलाई बजेटले समेट्छ
-
वैद्यको पार्टी निकट विद्यार्थीका अध्यक्ष पक्राउ, विरोधमा सङ्घर्षका कार्यक्रम घोषणा
-
कश्मीरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, २ जना पक्राउ
-
प्रचण्ड–ओली छलफलमा मिसिए रवि लामिछाने