इन्द्रसरोवरमा जलयात्राको आनन्द, तस्विरमा हेर्नुहोस्
इन्द्रसरोवर गाउँपालिकामा अवस्थित ७ किमि लामो मानवनिर्मित इन्द्रसरोवर जलासय पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाधेर सुरुङ्गबाट भीमफेदी ल्याई जलासयको पानीबाट जलविधुत उत्पादन गरिएको छ ।

जलासयमा जलविहार गर्न सक्ने व्यवस्था भएको छ । त्यही भएर जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका छन् । यो क्षेत्र माछा पालनको लागि पनि प्रसिद्ध छ । काठमाडौंबाट मोटरसाइकल वा गाडीमा करिब दुई घन्टामा नै पुग्न सकिने भएका हुनाले जलयात्रा तथा पिक्निकका लागि धेरै जना त्यहाँ पुग्ने गरेका छन् ।

मार्खु र कुलेखानी गाविस अन्तर्गत गहिरो खोंचमा बाँध बाँधेर नदीनालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत परियोजनाको जलाशय आफैमा एक नौलो नमुना हो । ७ किमि क्षेत्रफलमा फैलिएको मानव निर्मित इन्द्रसरोवर एसियामा नै पहिलो मानिन्छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण