धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न मन्त्रीको निर्देशन
काठमाडौं । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । कोरिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गरेपछि मन्त्री श्रेष्ठले एक वर्षभित्र सम्पूर्ण निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उनले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिए । पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने उनको भनाई छ । कोरिडोरको फुटपाथको व्यवस्थापन पनि हुन नसकेकोले त्यतातर्फ पनि ध्यान दिनुपर्ने उनले बताए । कोरिडोर कालोपत्र गर्ने कामका लागि ठेक्का सम्झौता भइसकेकाले छिटो काम तोकिएकै समयमा सक्न पनि उनले निर्देशन दिए ।
उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले ठेक्का भएअनुसारको काम यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने राखिएको बताए । आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत भएको उल्लेख गर्दै उनले १६ किलोमिटर सडक कालोपत्रे भइसकेको पनि बताए ।
मुआब्जा वितरण समेत गरेर ३ अर्ब ६० करोडमा कोरिडोर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । शुक्रबार कोरिडोर निर्माणको प्रगतिका विषयमा मन्त्री समेत टोलीले स्थलगत अनुगमन गरेको थियो । लामो समय अलपत्र परेको कोरिडोर निर्माणको कामले अब गति लिने विश्वास प्राधिकरणले गरेको छ ।
विगतमा फरक फरक निर्माण कम्पनीहरुले ढल विच्छ्याउने र सडक कालोपत्र गर्ने ठेक्का पाउँदा समन्वय हुन सकेको थिएन् । फलस्वरुप निर्माणको कामले गति लिन सकेन् । अहिले एउटै निर्माण व्यवसायीले ढल बिच्छ्याउने र सडक कालोपत्र गर्ने काम पाएपछि निर्माणमा सहजता आउने विश्वास प्राधिरकणको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण