राजा वीरेन्द्रको निजी निवास हेर्ने घुइँचो, तस्विरमा हेर्नुहोस्
नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहेपनि कोभिडका कारण सम्भव नभएको बताए । अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले बताए । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरुका नाम जिल्लाबाट राखिएको पनि उनले बताए । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रम अनुसार सबै खुला हुने उनले बताए ।

यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ । २०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार संग्राहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण