शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

याद भइराख्ने सपना यसकारण स्वास्थ्यका लागि हुन्छन् खतरनाक

मङ्गलबार, ०९ मङ्सिर २०७७, ०७ : ५४
मङ्गलबार, ०९ मङ्सिर २०७७

हामीमध्ये धेरैजनाले सुतेका बेला अचम्मका सपना देख्छौं । ती सपना कहिले राम्रा पनि हुनसक्छन् त कहिले निकै डरलाग्दो । उठेपछि कतिले सपना बिर्सन्छन् भने कतिलाई आफ्नो सपना स्पष्ट रुपमा याद हुन्छ । सपना याद हुँदा मानिसहरुको मनमा विभिन्न प्रकारको कुरा खेल्न थाल्छन् र मन भारी हुन्छ । आउनुहोस्, यस्तो किन हुन्छ र यसलाई कसरी ठिक गर्न सकिन्छ भन्नेबारे जानकारी लिऔं । 

सपना किन देखिन्छ ? यो कुरामा अहिलेसम्म पनि वैज्ञानिकहरु पूर्ण आश्वस्त हुन सकेका छैनन् । तर यसको सम्बन्ध स्मरणशक्तिसँग छ । सपना देख्दा दिमागबाट अनावश्यक कुराहरु बाहिर निस्कन्छन् । धेरै मानिसहरु सुतेर उठेपछि तरोताजा महसुस गर्छन् किनभने उनीहरुलाई केही कुरा पनि याद हुँदैन । यस्तै केही मानिसहरुलाई आफ्नो सपना राम्रोसँग याद हुन्छ जसका कारण उनीहरु तनावमा रहन्छन् । यो केही हदसम्म स्लिप साइकलमा पनि निर्भर हुन्छ । 

वैज्ञानिकका अनुसार धेरैजसो मानिसहरु Rapid Eye Movement (REM) का बेला सपना देख्छन् । REM मा सुतिरहेका बेला पनि दिमाग सक्रिय अवस्थामा रहन्छ जसका कारण सपना देख्ने गरिन्छ । सामान्यतया यो मुभमेन्ट रातीको समयमा हरेक ९० मिनेटमा हुन्छ र लगभग २० देखि २५ मिनेटसम्म रहन्छ । वैज्ञानिकले यसको केही विशेष कारण बताएका छन् । 

तनाव वा चिन्ताः
दिनचर्यामा हामी विभिन्न प्रकारको समस्याबाट गुज्रन्छौं । साथीभाइ, परिवार, स्कूल, अफिसमा घट्ने घटना वा कुनै नजिकका आफन्तको मृत्यु, दुर्घटना वा यौन शोषणजस्त ठूला घटनाको दिमागमा गहिरो असर पर्छ । सुतिरहेका बेला पनि दिमागले यसबारे सोचिरहेको हुन्छ जसका कारण नराम्रो सपना देख्ने गरिन्छ । 

राम्रोसँग निद्रा नलाग्नुः
राम्रोसँग निद्रा नलानु वा इनसोम्नियाजस्ता रोगका कारण मानिसहरुलाई आफ्नो सपना याद हुन्छ । विदेश यात्राका बेला सुत्ने समयमा परिवर्तन वा समयमा कमीका कारण पनि धेरै सपना देखिने समस्या हुनसक्छ । यसबाहेक डिप्रेशन वा अन्य मानसिक रोगका कारण पनि सपना स्पष्ट रुपमा याद रहन्छ । 

मादक पदार्थको सेवनः 
असाध्यै धेरै रक्सी पिउँदा वा ड्रग्स लिँदाको असर पनि दिमागमा पर्छ जसका कारण दिमाग शान्त रहँदैन र थरीथरीका सपना देख्ने गरिन्छ । यसबाहेक धुम्रपान वा यी बानी छोड्नका लागि प्रयोग गरिने केही औषधीका कारण पनि यस्तो सपना देख्ने गरिन्छ । 

गर्भावस्थाः
गर्भावस्थाको सुरुवाती समयमा महिलाको शरीरमा हर्मोनदेखि सुत्ने समयलगायतका कुरामा परिवर्तन आउँछ । यसैकारण उनीहरुले केही समयका लागि विभिन्न प्रकारको सपना देख्ने गर्छन् र ती स्पष्ट रुपमा याद हुन्छन् । 

के स्पष्ट सपना स्वास्थ्यका लागि खतरनाक छ ?
साधारणतया सपना स्पष्ट रुपमा याद हुनु चिन्ताको विषय होइन तर जब सपना नकारात्मक हुन्छन् र यसले मानसिक रुपमा तनाव दिइरहेको छ, यसले निद्रामा समस्या पारिरहेको छ, कार्यक्षमता प्रभावित भइको छ, मुड खराब बनाएको छ वा नकारात्मक विचार आउन थालेको छ भने धेरै मानिसहरुले गलत कदम पनि उठाउन सक्छन् । 

के छ उपचार ?
हुन त सपना याद हुने समस्या आफसे आफ ठिक हुन्छ तर पनि यसले लामो समयदेखि तपाईंलाई दुःख दिइरहेको छ भने तुरुन्त उपचार गराउनुहोस् । यसबाहेक आफ्नो जीवनशैलीमा पनि परिवर्तन गर्दा निकै लाभ हुनेछ । 

स्वस्थ हुनुहोस्ः
स्वस्थकर खाना खानुहोस्, तौल नियन्त्रणमा राख्नुहोस्, पर्याप्त सुत्नुहोस्, सही समयमा सुत्नुहोस्, अत्यधिक पानी पिउनुहोस्, तनावबाट टाढै रहनुहोस् र आफ्नो दिमागलाई स्वस्थ राख्नुहोस् । यसो गर्दा सपना स्पष्ट रुपमा याद रहने समस्या रहँदैन । 

ध्यान गर्नुहोस्ः
ध्यान गर्दा पनि तपाईले यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । यसका लागि ब्रिदिङ एक्सरसाइज गर्नुहोस्, दिमागलाई आराम राख्ने तरिकामा काम गर्नुहोस्, आर्ट थेरेपी लिनुहोस् र व्यायाम गर्नुहोस् । 

इमेजनरी रिहर्सल थेरेपीः
इमेजनरी रिहर्सल ट्रिटमेन्टलाई सपना देख्ने वा विशेषगरी कुनै शोकका कारण नराम्रो सपना देख्नेहरुका लागि प्रयोग गरिन्छ । यसमा विज्ञको मद्दतले याद भइराख्ने नराम्रो सपनालाई परिवर्तन गर्न सकिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप