शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पिता कुमार सानूको कमेन्टले दुःखी जान कुमारः भने, ‘उनले मेरो लालनपालनमा प्रश्न उठाउन सक्दैनन्’

मङ्गलबार, ०९ मङ्सिर २०७७, १४ : ०१
मङ्गलबार, ०९ मङ्सिर २०७७

टिभी रियालिटी शो बिग बस १४ बाट जान कुमार बाहिरिसकेका छन् । उक्त कार्यक्रममा जानले आफूले सोचे झैं यात्रा गर्न त सकेनन् तर प्रतिस्पर्धीसँगको उनको व्यवहारले भने निकै चर्चा पायो । निक्कीसँग उनको दोस्ती पनि निकै रोचक रह्यो । 

घरबाट बाहिरिएपछि जान कुमारले पितासँगको सम्बन्धबारे खुलेर कुरा गरेका छन् । साथै उनले आफूहरु पछिल्लो २७ वर्षदेखि सम्पर्कमा नरहेको पनि बताए । 

कुमार सानूले जानकी आमामाथि उनको लालनपालनबारे पनि प्रश्न उठाए । यसबारे थाहा पाएपछि जान कुमारले सानूलाई भने, ‘बुवाले हामीलाई छोड्दा म जन्मिएको पनि थिइनँ । उनले मेरो लालनपालनमा कसरी प्रश्न उठाउन सक्छन् र उनलाई यसबारे के थाहा होला र ? मलाई लाग्दैन कि यसो गर्नु सही हो ।’

जानले भने, ‘मैले उनको भिडियो पनि हेरेँ, कसैले उनलाई कुनै टिप्पणी गरेका छैनन् र उनले अर्को भिडियो लिएर आए, जहाँ उनले मेरो लालनपालनमाथि प्रश्न उठाए । म पूर्ण रुपमा आफ्नी आमासँग हुर्किएको हुँ ।’

उनी थप्छन्, ‘यदि सलमान सर आफैंले मेरो लालनपालनको तारिफ गर्नुभएको छ भने यसबारे कुरा गर्नुको कुनै अर्थ नै छैन । बिग बसको घरभित्र यस्ता कोही व्यक्ति थिएनन् जसले मेरो हुर्काइमा प्रश्न उठाउनेछन् । पिताजी चाहन्थे, किनभने उनले यो भिडियो डिलिट गरिदिए, त्यसपछि उनले त्यसको भोलिपल्टै अर्को एउटा भिडियो हाले, जहाँ उनले मेरो प्रशंसा गरिरहेका थिए । ’

उनले भने, ‘यदि तपाईंको यतिधेरै मुड र परिवर्तित विचार छन् भने तपाईंको शब्दमा कुनै वजन हुनेछैन । म चाहन्छु कि एकपटक उनले मसँग कुरा गरुन् र मेरो प्रश्नको जवाफ दिउन् । कुनै पनि पिताले आफ्ना छोराविरुद्ध बोल्दैनन् । विशेषगरी सोसल मिडिया त पटक्कै गर्दैनन् । मलाई उनको यो कुराले निकै दुःखी बनाएको छ ।’

‘तर यो पनि साँचो हो कि उनी मेरा पिता हुन् र उनले जेसुकै गरेपछि म उनीविरुद्ध जान सक्दिनँ । मलाई यसरी नै हुर्काइएको छ । कसैलाई पनि मेरो लालनपालनमा प्रश्न उठाउने अधिकार छैन । म मान्छु कि मैले अन्जानमा गल्ती गरेँ । मैले जानीजानी मराठी भाषाविरुद्ध बोलेको थिइनँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप