आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वृज सिमेन्टद्वारा ‘एक्सपर्ट मेशन क्लब’का निर्माणकर्मीहरुलाई उपहार प्रदान

मङ्गलबार, ०९ मङ्सिर २०७७, १४ : २६
मङ्गलबार, ०९ मङ्सिर २०७७

काठमाडौं । वृज सिमेन्ट इ.ले २०७६ सालमा स्थापना एक्सपर्ट मेशन क्लबअन्र्तगत रही कार्य गर्ने २०० निर्माणकर्मीहरुलाई उपहार प्रदान गरेको छ । जसअन्र्तगत विभिन्न क्षेत्रका निर्माणकर्मीहरुलाई ३२” टिभी, मोवाइल, भाइब्रेटर, भ्याकुम क्लिनर र सेफ्टी टुल्स किट उपहार वितरण गरिएको वृज सिमेन्ट इण्डष्ट्रीजका सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए ।

वृज सिमेन्टले निर्माण क्षेत्रमा कार्यरत कामदारहरुको हौसला र सुरक्षाको लागि विगत बर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो । यस एक्सपर्ट मिशन क्लबले नेपाल भर रहेका निर्माण कर्मीहरुलाई एकताबद्ध गराई उनीहरुको हौसला र सुरक्षाको लागि कार्य गर्दछ । वृज सिमेन्टले यसमा हातेमालो गर्दै आइरहेको छ, यसलाई निरन्तर रुपमा अगाडि लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।  

बिभिन्न क्षेत्रका देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब”मा आवद्ध गरेर उनीको निःशुल्क रुपमा रु. पाँच लाख बराबरको दुर्घटना बीमा सुविधा पनि उपल्ब्ध गराएको छ । यस कार्यबाट कम्पनीले आफ्नो सामाजिक उत्रदायित्व को भुमिका निर्वाह गरेको छ ।

उक्त कार्यक्रमलाई अझैं फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब”मा आवद्ध निर्माणकर्मीलाई उपहार सहित पासबुक बितरण गरेको छ । यस योजनाअन्तर्गत वृज सिमेन्टका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्ने जनाएकोे छ । 

कम्पनीले शुरुवात गरको एक्सपर्ट मेसन क्लब योजनाको औपचारिक रुपमा नेपालका विभिन्न स्थानहरुः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो ।

अहिले सम्म कम्पनीले २५०० बढी निर्माणक्रमीलाई “एक्सपर्ट मेशन क्लब”मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमीलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटनाबाट सुरक्षित महशुश गराउने  कम्पनीको उद्देश्य रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप