शाहरुख खानको पहिलो पारिश्रमिक ५० रुपैयाँ, सलमान खानको ७५ रुपैयाँ, अरू कसको कति ?
काठमाडौँ । बलिउड कलाकारहरूको करोडौँको सङ्ख्यामा प्रशंसक छन् । आम्दानीका हिसाबले पनि उनीहरू आकर्षक पारिश्रमिक लिन्छन् ।
तिनै बलिउड कलाकारमध्ये कतिपयको पहिलो पारिश्रमिकबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपय पाठकले त केही बलिउड कलाकार को पहिलो पारिश्रमिक रकम कल्पनासमेत गर्न सक्दैनन् ।
बलिउडमा ‘महानायक’ भनेरसमेत चिनिने अमिताभ बच्चन अभिनय क्षेत्रमा आउनु अघि कोलकातामा एउटा कम्पनीमा काम गर्थे । त्यतिबेला उनले मासिक एक हजार ६४० भारु पारिश्रमिक पाउँथे ।
बलिउडमा ‘किङ्ग खान’ भनेर चिनिने अभिनेता शाहरुख खानले सानो पर्दाबाट अभिनय यात्रा थालेका हुन् । त्यसअघि उनले पंकज उधासको एउटा म्युजिक कन्सर्टमा काम गरेका थिए, जसबाट उनले पहिलो पारिश्रमिकका रूपमा ५० रुपैयाँ प्राप्त गरेका थिए ।
बलिउडदेखि लिएर हलिउड चलचित्रमा समेत काम गरेका दिवंगत अभिनेता इरफान खान कक्षा १० मा पढ्दै गर्दा ट्युसन पढाउने काम गर्दथे । त्यतिबेला उनले मासिक २५ रुपैयाँ पाउँथे । पछि नेशनल स्कुल अफ ड्रामामा काम गरेका उनले मासिक ३०० रुपैयाँ पाउँथे ।
बलिउड अभिनेता अक्षयकुमार अभिनयनमा आउनु अघि बैंककमा शेफका रूपमा काम गर्दथे । उनले त्यतिबेला १५०० रुपैयाँ पारिश्रमिक पाउँथे ।
बलिउडका सफल अभिनेता आमिर खानको पहिलो फिल्म ‘कयामत से कयामत तक’ हो । उफिल्मनले यो फिल्मका लागि मासिक एक हजार रुपैयाँ पारिश्रमिक पाउँथे ।
बहुमुखी अभिनयका लागि परिचित पंकज त्रिपाठीले सानो पर्दाबाट व्यावसायिक रूपमा अभिनय यात्रा थालेका हुन् । उनले त्यतिबेला १७०० रुपैयाँ पारिश्रमिक लिएका थिए ।
यस्तै, हलिउडमा समेत काम गरिसकेकी बलिउड नायिका प्रियंका चोपडाले ५ हजार भारु पारिश्रमिक लिएर आफ्नो करिअर अघि बढाएकी हुन् ।
अभिनेता रणवीर कपुरको पहिलो पारिश्रमिक केवल २५० रुपैयाँ थियो । ऋतिक रोशनले जीतेन्द्र र रिना राय अभिनीत फिल्ममा नृत्य गरेर अभिनय यात्रा थालेका थिए, जसबाट उनले पहिलो पारिश्रमिकका रूपमा जम्मा एक सय रुपैयाँ प्राप्त गरेका थिए ।
सलमान खानले ताज होटलमा आयोजित एक कार्यक्रममा ब्याकग्राउण्ड डान्सरका रूपमा काम गरेर पहिलो पारिश्रमिक लिएका थिए, जतिबेला उनले जम्मा ७५ रुपैयाँ प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण