राजश्व अनुसन्धानको महानिर्देशकमा बुढा, ढुंगानाको सरुवा
आइतबार, २३ वैशाख २०८१, १४ : २१
काठमाडौँ । राजश्व अनुसन्धान विभागको नेतृत्वमा चक्रबहादुर बुढा आएका छन् । प्रधानमन्त्री कार्यालयले विभागका महानिर्देशक नवराज ढुंगानालाई आन्तरिक सरुवा गर्दै बुढालाई पठाउने निर्णय गरेको हो ।
विभागको नेतृत्वमा लामो समयदेखि ढुंगाना थिए । उनले विभागको नेतृत्वमा रहेर सुन तस्करीको जालो तोडेर वाहीवाही कमाएका थिए । यसपछि अमेरिकी प्रविधि कम्पनी कोटिभिटीको करछली मुद्दा दायर गरेपछि भने ढुंगानाको विरोध भएको थियो ।
कोटिभिटीविरुद्ध मुद्दा दायर गरेपछि नै ढुंगानाको सरुवा हुने बताइएको थियो । ढुंगाना विभागबाट सुरुवा भएर भारतस्थित महावाणिज्यदूतावासमा जाने बताइएको छ ।
महानिर्देशकका रुपमा विभाग आएका बुढा यसअघि भन्सार विभागको महानिर्देशकका रुपमा समेत कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण