शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राजश्व अनुसन्धानको महानिर्देशकमा बुढा, ढुंगानाको सरुवा

आइतबार, २३ वैशाख २०८१, १४ : २१
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । राजश्व अनुसन्धान विभागको नेतृत्वमा चक्रबहादुर बुढा आएका छन् । प्रधानमन्त्री कार्यालयले विभागका महानिर्देशक नवराज ढुंगानालाई आन्तरिक सरुवा गर्दै बुढालाई पठाउने निर्णय गरेको हो ।

विभागको नेतृत्वमा लामो समयदेखि ढुंगाना थिए । उनले विभागको नेतृत्वमा रहेर सुन तस्करीको जालो तोडेर वाहीवाही कमाएका थिए । यसपछि अमेरिकी प्रविधि कम्पनी कोटिभिटीको करछली मुद्दा दायर गरेपछि भने ढुंगानाको विरोध भएको थियो ।

कोटिभिटीविरुद्ध मुद्दा दायर गरेपछि नै ढुंगानाको सरुवा हुने बताइएको थियो । ढुंगाना विभागबाट सुरुवा भएर भारतस्थित महावाणिज्यदूतावासमा जाने बताइएको छ ।

महानिर्देशकका रुपमा विभाग आएका बुढा यसअघि भन्सार विभागको महानिर्देशकका रुपमा समेत कार्यरत थिए ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप