बिरामी परे प्रियंका चोपडाका पति निक जोनस, कन्सर्ट स्थगित
नयाँ दिल्ली । भारतीय अभिनेत्री प्रियंका चोपडाका पति गायक निक जोनस प्रायः आफ्नो कन्सर्टका कारण चर्चामा रहन्छन् । तर यतिबेला उनले आफ्ना केही कन्सर्ट स्थगित गरेर पछाडि धकेलेका छन् । यसका लागि उनले फ्यानहरूसँग माफी पनि मागेका छन् । यतिबेला गायक निकै निकै बिरामी परेको बताइएको छ ।
निकले इन्ष्टाग्राममा एउटा भिडियो हालेका छन् । यसमा उनले आफ्ना फ्यानहरूसँग कन्सर्टको मिति पछाडि सार्नु परेकोमा माफी मागिरहेको देखिन्छन् । भिडियोमा उनले जोनस ब्रदर्सको कन्सर्ट टूरको मिति पछाडि सानुको कारण पनि खुलाएका छन् । गायक इन्फ्लुएन्जा भाइरसको संक्रमणले ग्रस्त भएका छन् ।
आफ्नो स्वर बसेको अनि ज्वरो आउने, टाउको दुख्ने र खोकी आदिले गर्दा स्थिति झन् झन् खराब भएको उनले बताएका छन् । यतिबेला आफूले कुनै पनि कन्सर्टमा गीत गाउन नसक्नेले भएकोले मेक्सिकोमा हुन लागेको कन्सर्ट सारेर अगष्टमा पुर्याइएको उनको भनाइ छ । उनको यो पोष्ट निकै भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण