शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बिरामी परे प्रियंका चोपडाका पति निक जोनस, कन्सर्ट स्थगित

आइतबार, २३ वैशाख २०८१, १४ : १७
आइतबार, २३ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय अभिनेत्री प्रियंका चोपडाका पति गायक निक जोनस प्रायः आफ्नो कन्सर्टका कारण चर्चामा रहन्छन् । तर यतिबेला उनले आफ्ना केही कन्सर्ट स्थगित गरेर पछाडि धकेलेका छन् । यसका लागि उनले फ्यानहरूसँग माफी पनि मागेका छन् । यतिबेला गायक निकै निकै बिरामी परेको बताइएको छ ।

निकले इन्ष्टाग्राममा एउटा भिडियो हालेका छन् । यसमा उनले आफ्ना फ्यानहरूसँग कन्सर्टको मिति पछाडि सार्नु परेकोमा माफी मागिरहेको देखिन्छन् । भिडियोमा उनले जोनस ब्रदर्सको कन्सर्ट टूरको मिति पछाडि सानुको कारण पनि खुलाएका छन् । गायक इन्फ्लुएन्जा भाइरसको संक्रमणले ग्रस्त भएका छन् ।

आफ्नो स्वर बसेको अनि ज्वरो आउने, टाउको दुख्ने र खोकी आदिले गर्दा स्थिति झन् झन् खराब भएको उनले बताएका छन् । यतिबेला आफूले कुनै पनि कन्सर्टमा गीत गाउन नसक्नेले भएकोले मेक्सिकोमा हुन लागेको कन्सर्ट सारेर अगष्टमा पुर्याइएको उनको भनाइ छ । उनको यो पोष्ट निकै भाइरल भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप