शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद साहले महम्मदपुरमा बाँडे ग्यास सिलिन्डर

मङ्गलबार, ०९ मङ्सिर २०७७, १९ : ४१
मङ्गलबार, ०९ मङ्सिर २०७७

रौतहट ।  नेकपाका नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले गरुडा नगरपालिका–५ महम्मदपुरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् । मंगलबार महम्मदपुरमा औपचारिक कार्यक्रम गरी ८ सय परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

औपचारिक कार्यक्रममा संघीय सांसद समिना हुसेनले सांसद साहको धुवाँ मुक्त क्षेत्र बनाउने अभियानलाई महाअभियानको संज्ञा दिइन् । प्रदेश सदस्य कुन्दन कुशवाहाले महम्मदपुर गाउँ ऐतिहासिक गाउँ भएको बताए । यसभन्दा अगाडिका शासकले गाउँलाई पछाडि पारेको बताउँदै  सांसद साहले गाउँलाई शहरमा रुपान्तरण गर्न सुरुवात गरिएको बताए । 

प्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् । यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भइसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांश गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप