केन्द्रीय संस्करण
गोलार्द्ध

अफ्रिकी शिशुको कालोबजारी – यसरी चोरिन्छन्, बेचिन्छन् वा मारिन्छन् !

person explore access_timeमंसिर ११, २०७७ chat_bubble_outline0

बीबीसी

रेबिक्काका छोरा १० वर्षका भए । उनी नैरोवी वा अन्यत्र कहीँ हुनसक्छन्, मृत्युु भइसकेको पनि हुनसक्छ । छोरा लरेन्स जोसायालाई उनले अन्तिम पटक देखेको १ वर्षको हुँदा हो, त्यतिबेला  रेबिक्का १६ वर्षकी थिइन् । मार्च २०११, झन्डै रातको २ बजेतिर जेट फ्युलमा भिजाइएको रुमाल सुँघ्दै उनी मस्त निद्रामा थिइन् । सहरका सडकमा सस्तो र उच्च वस्तु हो, जेट फ्युुल, जसले नौला मानिस भए ठाउँमा पुुगेर माग्ने आत्मविश्वास रेबिक्कामा विकास ग¥यो । रेबिक्का १५ वर्षकी थिइन् । उनकी आमासँग स्कुल फी तिर्नसक्ने सामथ्र्य रहेन । त्यसैले घर छाडेर रेबिक्काले  सडक जीवन बिताउन थालिन् र यहीँ भेटिएका एक व्यक्तिले बिहे गर्ने आश्वासन दिएर गर्भवती बनाएर भागे । मस्त निन्द्रामा  गायब हुनुअघि झन्डै एक वर्ष र थप केही महिना अघिसम्म रेबिक्काले नै जोसायालाई हुर्काइन् ।

‘मसँग अरू बच्चा पनि छन् । तर ऊ मेरो पहिलो सन्तान थियो । उसैले मलाई आमा बनाएको थियो,’ रुँदै उनले भनिन्, ‘मैले उसलाई कियाम्बु र केयोलका धेरै बालबालिका केन्द्रमा खोजेँ तर कहिल्यै भेट्न सकिनँ ।’

रेबिक्का अहिले पनि नैरोवीको त्यही सडकमा बस्छिन् । उनको कद सानो छ, चिउँडोमा हड्डी देखिन्छ र कपाल बाटिएको छ । उनीसँग अहिले थप तीन छोरी छन्–  आठ, छ र चार वर्षका । कान्छी छोरीलाई एक पटक यही इलाकामा घुम्ने एक पुरुषले कब्जा गरेका थिए । उनले देखिन्, त्यसपछि १ वर्षे बालिकाले पेय पदार्थ किनिदिन आग्रह गरेको  जबाफ अफ्ठ्यारो मान्दै ती पुरुषले फर्काए । रेबिक्काले उनलाई कारसम्म पिछा गरिन्, जहाँ एक महिलाले ती कुरिरहेकी थिइन् । अर्को दिन, ती पुरुष फेरि आए । 

रेबिक्का बस्ने सडक वरपर यस्ता कथाहरु खोज्न तपाईंले धेरै कस्ट गर्नुुपर्दैन । नैरोवीका अन्य सडकमा पनि यस्ता कथा सहजै भेटिन्छन् ।

इथरका ती वर्षीय छोरा अगस्ट २०१८ मा गायब भए । ‘सन्तान गुमाएयता म कहिल्यै शान्तिले बसेको छैन, ‘मैले मोम्बासाका सबै बाटोमा उसलाई खोजँे ।’ कारोलका दुुई वर्षे छोरा मध्यरातमा कब्जामा परेको दुुई वर्ष भयो । ‘म उसलाई धेरै माया गर्थें,’ उनले भनिन्, ‘उनीहरुले मेरो छोरा फिर्ता दिए भने म माफी दिनेछुु ।’

नैरोवीमा शिशुुको कालोबजारीलाई चलायमान बनाइराख्नका लागि कमजोर महिलाहरुलाई सिकार बनाउने गरिन्छ । घरबारविहीन आमाबाट शिशुु चोरेर ठूलो फाइदामा बिक्री गर्ने गरिएको प्रमाण अफ्रिका आईले एक वर्ष लामो अनुसन्धानपछि भेटेको छ । यस दौरान हामीले सडकका क्लिनिकमा हुने अवैध शिशु व्यापार र ठूला सरकारी अस्पतालबाटै हुने चोरीका घटना फेला पारेका छौँ । सरकारी पदको दुुरूपयोगबारे भण्डाफोर गर्न हामीले अस्पतालकै एक अधिकारीसँग बेवारिसे शिशुु खरिद ग¥यौँ, यी अधिकारीले शिशुुको बेच्नुुअघि उसको रेखदेख गर्ने भन्दै वैध कागजसमेत बनाएका थिए ।

विपन्न अवसरवादीदेखि संयोजित अपराधीहरुसम्म शिशुु चोर छन्, प्रायः दुुवै पक्षले एकसाथ काम गरिरहेका हुन्छन् । अवसरवादीहरुमा अनिताजस्ता महिला पर्छन्, जो अधिक रक्सी र ड्रग्स लिन्छिन् र यदाकदा सडकमै बस्छिन् । रेबिक्काजस्ता महिलाको बच्चा चोेरेर उनले पैसा कमाउँछिन् । उनले तीन वर्षभन्दा कम उमेरका बालबालिकाका आमालाई निसाना बनाउने गरेकी छिन् ।

अनिताकै एक साथीमार्फत अफ्रिका आईले उनलाई चिन्यो, यी साथी आफ्नो नाम अज्ञात राख्न चाहन्छिन् । उनले आफूलाई इम्मा (नाम परिवर्तन) भनेर बोलाउन भनिन् । इम्माका अनुसार सडकका बच्चा चोर्ने धेरै जुक्ति अनितासँग थिए । ‘आमालाई आफ्नो योजनाबारे थाहा छ वा छैन भनेर बुुझ्नका लागि उनी कहिलेकाहीँ पहिले आमासँग कुराकानी गर्छिन्,’ इम्माले भनिन्, ‘कहिलेकाहीँ उनले आमालाई विश्वासमा लिएर औषधि खुवाइदिन्छिन्, उनीहरुलाई ग्लुु वा स्लिपिङ ट्याब्लेट दिन्छिन् । कहिलेकाहीँ उनी आफैँ बच्चासँग खेल्छिन् । अनितासँग बच्चा हात पार्ने यस्ता अनेकौँ उपाय छन् ।’

सम्भावित खरिदकर्ता बनेर अफ्रिका आईले अनितासँग  नैरोवीको एउटा पबमा भेटघाट तय ग¥यो । अनिताले आफ्नो मालिकले धेरै बच्चाहरु चोर्न दबाब दिइरहेको बताइन् । उनले पछिल्लो अपहरणबारे पनि विस्तृतमा सुनाएकी थिइन् । ‘यी आमा यो सडकमा नौलो थिइन् । उनी दुविधामा परेजस्तो देखिन्थिन् र के हुँदैछ भन्नेबारे उनलाई थाहा थिएन,’ अनिताले भनिन्, ‘उनले विश्वास गरेर आफ्नो बच्चा मलाई दिइन् । अहिले बच्चा मसँग छ ।’

अनिताका अनुुसार उनकी मालिक स्थानीय महिला व्यापारी हुन्, जसले अपराधीहरुबाट चोरिएका शिशु ल्याउँछिन् र फाइदामा  बेच्छिन् । केही शिशु ‘कोख बाँझो भएका महिलाले’ लान्छन् र केहीले ‘बलिमा चढाउनका लागि’ लैजान्छन् ।

‘हो बलिका लागि बच्चाहरुको प्रयोग हुन्छ । यी बच्चाहरु सडकबाट गायब हुन्छन् र फेरि कहिल्यै देखिन्नन्,’ उनले भनिन् । यस्तो कालोपक्षबारे इम्माले पहिल्यै हामीलाई बताइसकेकी थिइन् । अनिताले नै उनीसँग यसबारे भनेकी थिइन् ।

साँचो अर्थमा भन्नुपर्दा एकपटक बच्चा बचेपछि अनितालाई उसको भाग्यबारे थोरै मात्र थाहा हुन्छ । अनिताका अनुसार उनले ती महिला व्यापारीसँग छोरीका लागि ५० हजार सिलिङ (३ सय ५० पाउन्ड) र छोराका लागि ८० हजार सिलिङ (५ सय ५०) पाउन्ड लिन्छिन् । नैरोवीमा आमाबाट बच्चा खोस्नका लागि चलेको पछिल्लो बजारभाउ यही हो ।

‘यी महिला व्यापारीले बच्चाहरुसँग के गरिन्छ भनेर कहिल्यै भन्दिनन्,’ इम्माले भनिन्, ‘ती महिलाले बच्चाहरुसँग के गर्छिन् भन्नेबारे थाहा छ या छैन भनेर मैले सोधेकी थिएँ । चाहे कालो जादु गरून् वा जेसुकै, यसबारे चिन्ता गर्न सक्दिन भन्ने अनिताको जबाफ थियो अर्थात् जबसम्म उसको हातमा पैसा पर्छ । उसले केही सोध्नेछैन ।’

पहिलो भेटलगत्तै अनिताले अर्को भेट तय गर्न भनिन् । जब हामी पुुग्यौँ तब उनी एक बालिकासँगै बसिरहेकी थिइन् । आमाको विश्वास जितेपछि पाँच महिने बच्चालाई चोरेको अनिताले बताइन् । ‘उनले केही सेकेन्डका लागि मलाई बच्चा दिइन् र म उसलाई समातेर भागेँ,’ उनले भनिन् । अनिताका अनुसार ५० हजार सिलिङमा बच्चा किन्नका लागि उनीसँग ग्राहकहरुको लाइन छ ।

हाम्रो स्रोतमा इम्माले हस्तक्षेपको प्रयास गरिन् । उनले ८० हजार तिर्नसक्ने ग्राहक आफूले भेटेको बताइन् । ‘यो राम्रो छ,’ अनिताले भनिन्, ‘भोलि यो कुरालाई टुङ्गोमा पुु¥याऔँ ।’

५ बजेका लागि अर्को भेट तय भयो । बच्चाको जीवन खतरामा भएकाले अफ्रिका आईले प्रहरीलाई खबर ग¥यो । हाम्रा खरिदकर्तासँग भेट हुनासाथ अनितालाई प्रहरीले पक्राउ गर्ने अनि बच्चाको उद्धार गर्नेगरी स्टिङ अपरेसन तय भयो । गायब हुनभन्दा पहिले यी शिशुलाई सुरक्षा यो अन्तिम अवसर बन्नसक्थ्योँ । तर अनिता आइनन्, धेरै दिनसम्म प्रयास गर्दा पनि हामीले उनलाई भेट्न सकेनौँ ।

हप्तौँपछि अन्तत इम्माले उनलाई भेटिन् । इम्मासँग अनिताले भनेकी रहिछिन्, ‘ठूलो ग्राहक फेला प¥यो र सडकको एक झुुपड बस्तीमा टिनको छानोसहितको दुुई कोठे घर बनाउन त्यो पैसा प्रयोग गरेँ ।’

यी बालिका हराइन् । अनिताविरुद्ध प्रहरीमा फाइल अझै खुला छ । 

‘सोच्नुुस् हामीले ग-यौँ’

केन्यामा बालबालिका बेचविखनबारे कुनै भरपर्दा तथ्याङ्क छैनन् । न कुनै सरकारी रिपोर्टहरु छन् न बृहद् राष्ट्रिय सर्वेक्षण नै भएको छ । बेपत्ता बालबालिकाको खोजी र कालो बजारको पहिचान गर्न गठित जिम्मेवार सरकारी एजेन्सीहरुमा स्रोत–साधन र कर्मचारीको अभाव छ । मर्याना मुन्येन्डोले स्थापना र सञ्चालन गरिरहेको ‘मिसिङ चाइल्ड केन्या’ नामक एनजीओ बच्चा गुमाएका आमाहरुलाई संरक्षण दिने थोरै संस्थामध्ये एक हो । आफ्नो स्थापनापछि यस संस्थाले झन्डै ६ सय घटना हेरेको मुन्येन्डोले बताइन् । ‘केन्यामा यो निकै ठूलो घटना हो तर बाहिर आएको छैन । सामाजिक रूपमा यसलाई खासै महत्त्व दिइएको छैन । किनकि यस्तो समस्याका पीडित रेबिकाजस्ता कमजोर र आवाजविहीन महिला हुन् । जोसँग अधिकारीहरुलाई कारबाहीका लागि घच्घच्याउने वा मिडियाको ध्यान आकर्षित गर्ने स्रोत र सामाजिक पुँजी छैन । यस्ता घटना बाहिर नआउनुुमा पीडितको आर्थिक पक्षले ठूलो काम गरेको छ,’ मुन्यन्डोले भनिन्, ‘उनीहरुसँग स्रोत, नेटवर्क र सूचनाको कमी छ । मेरो बेपत्ता बच्चालाई कसले खोजी गर्दैछ ? भनेर कतै सोध्न सक्दैनन् ।’ 

कालो बजारी बढ्नुुको मुख्य कारण बाझोँपनबारेको सांस्कृतिक तिरस्कार हो । ‘अफ्रिकी विवाहमा बाझोँपन महिलाका लागि राम्रो कुरा होइन,’ मुन्येन्डोले भनिन्, ‘तपाईंबाट बच्चा जन्मने अपेक्षा गरिएको हुन्छ र त्यो छोरा हुनुपर्छ । यदि सक्नुुभएन भने तपाईं घरबाट निस्काशित पनि हुनसक्नुहुन्छ । अब भन्नुस् तपाईं के गर्नुुहुन्छ ? बच्चा चोर्नुुहुन्छ ।’

यस्तो अवस्थामा पुुगेका धेरै महिला अनिताका मालिकजस्ता तस्करको सम्पर्कमा पुुग्छन् । ती तस्करले अनिताजस्ता विपन्नलाई प्रयोग गरेर सडकका बच्चा चोर्छन् वा उनीहरु अस्पतालमा पहुँच भएका व्यक्तिको सम्पर्कमा पनि पुुग्नसक्छन् ।

अफ्रिका आईको अनुसन्धानअनुसार नैरोवीका केही ठूला सरकारी अस्पतालकै पर्खालभित्र तस्करीको जालो छ । स्रोतमार्फत हामीले मामा लुुसी किबाकी अस्पतालका क्लिनिकल सोसल वर्कर फ्रेड लेपारनलाई सम्पर्क ग¥यौँ । लेपारनको काम मामा लुसीमा जन्मिएका कमजोर बालबालिकाहरुको संरक्षण गर्नु हो । तर हाम्रो स्रोतअनुसार लेपारन तस्करीमा संलग्न छन् ।

स्रोतमार्फत लेपारनसँग सम्पर्क भयो । ‘बच्चा जन्माउन असफल भएपछि बच्चा किन्नका लागि आतुुर रहेकी एक महिलालाई मैले चिनेको छु,’ स्रोतले उनलाई भन्यो ।

‘मसँग अस्पतालमा एक शिशु छोरा छ,’ लेपारनले जबाफ फर्काए, ‘दुुई साताअघि उनलाई यहाँ छाडेर उनीहरु कहिल्यै फर्किएनन् ।’

स्रोतका अनुसार लेपारनले बच्चाको बिक्रीको व्यवस्था गरेको यो पहिलो घटना थिएन । ‘पछिल्लो घटनाले मलाई तर्साएको थियो,’ अफ्रिका आईले रेकर्ड गरेको मिटिङमा लेपारनले भनेका थिए, ‘सोच्नुुस्, हामीले यो काम ग¥यौँ । म त्यस्तो योजना चाहन्छु, जसले भविष्यमा हामीलाई अफ्ठ्यारो नपारोस् ।’

खासमा लेपारनले प्रस्ताव गरेजस्ता बेवारिसे शिशुुलाई सरकारी चिल्डे«न्स् होममा लैजानुुपर्छ, जहाँ उनीहरुका संरक्षक बाबुु–आमासामुु औपचारिक रूपमै पेश गरेर ती आमा–बाबुुको पृृष्ठभूमि चेकजाँच गर्दै सुरक्षाको सुुनिश्चितता गर्नुुपर्छ । जब फ्रेड लेपारनजस्ता मानिसले अवैध रूपमा उनीहरुलाई बिक्री गर्छन् तब उनीहरु कहाँ पुुग्छन् भन्नेबारे कसैलाई केही थाहा हुँदैन । 

रोज नामकी महिलाका रूपमा परिचय दिएर अफ्रिका आईकी अन्डर–कभर रिपोर्टरले लेपारनलाई अस्पताल नजिकैको एक कार्यालयमा भेटिन् । लेपारनले रोजको हैसियतबारे केही सङ्क्षिप्त प्रश्न राखे । आफू विवाहित भए पनि बच्चा जन्माउन नसकेको र श्रीमान्को परिवारले बच्चा जन्माउनका लागि दबाब दिएको जबाफ उनले फर्काइन् ।

‘के तपाईंले बच्चालाई एडप्ट गर्ने प्रयास गर्नुुभयो ?’ लेपारनले सोधे ।

‘हामीले यसबारे सोचेका थियौँ तर यो केही झन्झटिलोजस्तो देखिन्छ,’ रोजले जबाफ फर्काइन् ।

‘त्यसो भए तपाईंले ३ लाख सिलिङ्स तिर्नुुपर्छ (२ हजार पाउन्ड) । यस्तो प्रस्तावमा हामी अघि बढ्यौँ भने तीन जनालाई मात्रै यसबारे थाहा हुनेछ– म, तपाईं र उनी’ रोज र स्रोततर्फ इङ्कित गर्दै लेपारनले भने, ‘मेरो समस्या कसैलाई विश्वास गर्नुु हो । यो निकै जोखिमपूर्ण छ, यसले मलाई धेरै सताउँछ ।’

उनले बिक्रीको व्यवस्थाका लागि आफू सम्पर्कमा रहने बताए ।

अदामाको रोजाइ

अनिताजस्ता सडकका चोर र लेपारनजस्ता भ्रष्ट अधिकारीबीच नौरोवीको शिशुु–तस्करी व्यापारमा अर्को एउटा तप्का पनि छ । सहरका झुुपडबस्ती वरपर तपाईंले अवैध सडक क्लिनिकहरु भेट्नुुहुन्छ जहाँ सुत्केरी गराउनका लागि अस्थायी कोठाको व्यवस्था छ । यी क्लिनिक बच्चाको कालो बजारका लागि परिचित ठाउँ हुन् । गेटो रेडियोका स्थानीय पत्रकार जुुडिथ कन्हैथासँग मिलेर अफ्रिका आईले नैरोवीको केयोलस्थित एक क्लिनिकमा सम्पर्क ग¥यो, केयोल नैरोवी सहरका हजारौँ गरिबहरुको आवास क्षेत्र हो । 

कन्हैथाका अनुसार यहाँ शिशुको व्यापार निकै चलेको छ । हामीले सम्पर्क राखेको क्लिनिक मेरी औमाको स्वामित्वमा छ नैरोवीका ठूला अस्पतालहरुमा नर्सका रूपमा काम गरिसकेको उनले बताइन् । कन्हैथाले ग्राहकका रूपमा परिचय दिए, क्लिनिकभित्र दुुई महिला काममा लागिसकेका थिए ।

‘यी एक हुन्, उनी आठ महिना र १५ दिनकी गर्भवती छिन् र बच्चा जन्माउन झन्डै तयार छिन्,’ औमाले साउती गर्दै भनिन् । उनले गर्भमै रहेको शिशु ४५ हजार सिलिङ्ग्स  (३ सय १५ पाउन्ड) मा कन्हैथालाई बेच्ने प्रस्ताव गरिन् । यद्यपि आमाको स्वास्थबारे औमालाई कुनै चिन्ता भएजस्तो देखिएन । ‘जब उनले आफ्नो पैसा पाउँछिन् उनी जान्छिन्,’ हात हल्लाउँदै औमाले भनिन्, ‘हामी के स्पष्ट पार्छौं भने उनीहरु कहिल्यै फर्कने छैनन् ।’

त्यस दिन औमाले अदामाको गर्भकै शिशुका विषयमा मेलमोलाई गरिरहेकी थिइन्, अदामा भने विक्षिप्त थिइन् । रेबिक्काजस्तै उनलाई पनि एक पुरुषले बिहे गर्ने आश्वासन दिएर गर्भवती बनाएका थिए । गर्भधारणपछि उनी सिमेन्टका ठूलो बोरा बोक्न नसक्ने अवस्थामा पुुगिन् अनि कन्स्ट्रक्सन साइटमा गर्दै आएको काम गुुमाउनुुप-यो । तीन महिनासम्म उनका ठेकेदारले दया देखाए, त्यसपछि निकालिदिए ।

त्यसैले अदामाले बच्चा बेच्ने निर्णय लिइन् । मेरी औमाले हामीसँग लिएको ४५ हजार सिलिङ्समध्ये सबै उनलाई दिने होइनन् । उनले अदामासँग १० हजार सिलिङ्समा सम्झौता गरेकी हुन् । ‘उनको ठाउँ निकै फोहोर थियो । उनले रगतका लागि एउटा सानो कन्टेनर प्रयोग गर्थिन् । त्यहाँ कुनै बेसिन थिएन र बेड पनि सफा थिएन,’ केही समयपछि आफ्नै गाउँमा अन्तर्वार्ता दिँदै अदामाले सुत्केरी कक्षबारे हामीसँग भनिन्, ‘तर म आतुर थिएँ किनकि मसँग कुनै विकल्प थिएन ।’

अदामाका अनुसार जुन दिन हामी क्लिनिक पुुगेका थियौँ त्यतिबेलै डेलिभरीका लागि मौरी औमाले उनलाई दबाब दिएकी थिइन् । उनलाई निल्नका लागि ट्याब्लेट दिइएको थियो तर कुनै खतरा औँल्याइएको थिएन । औमाले ग्राहक भेटेकी थिइन् र बिक्रीका लागि आतुर थिइन् ।

तर सुत्केरी गराउने काम सहज थिएन । नवजात शिशुको छातीमा समस्या देखियो र उपचारका लागि मामा लुसी अस्पताल लैजान औमाले अदामालाई निर्देशन दिइन् । दुुई हप्ताको उपचारपछि अदामा बच्चासहित डिस्चार्ज भइन् । उनले औमालाई टेक्स्ट गरिन् र औमाले हामीलाई । ‘नयाँ प्याकेजको जन्म भएको छ,’ उनले लेखेकी थिइन्,‘४५ हजार ।’

क्लिनिकमा औमा र उनकी सहायकसँग अदामाको फेरि भेट भयो । ‘उनीहरुले बच्चा ठीक देखिएको र ग्राहकले चाहेमा उनलाई सीधै लैजानसक्ने बताए,’ अदामाले भनिन् ।

बच्चा बेच्ने निर्णय अदामाको पीडादायी रोजाइ थियो । अब उनले पुुनर्विचार गरिरहेकी थिइन् । ‘त्यस्ता व्यक्ति जसले बच्चाको हेरचाह गर्न सक्दैनन्  वा व्यक्ति जसले अन्य प्रयोजनका लागि किनिरहेका छन् उनीहरुलाई मैले बच्चा बेच्न चाहिनँ,’ अदामाले केहीपछि भनिन् ।

यहीकारण आफ्नो बालखे छोरालाई बोकेर अदामाले त्यस दिन क्लिनिक छाडेकी थिइन् । उनले ती बच्चालाई लगेर सरकारी बाल अस्पतालमा छाडिदिइन्, जहाँ ती बच्चा आफ्ना संरक्षक बाबुु–आमा र अदामाको आशाअनुसार राम्रो जीवनको पर्खाइमा बस्थे ।

यसरी आफूलाई आवश्यक पैसा उनले कहिल्यै पाइनन् । उनी अहिले नैरोवीबाट टाढा एक्लै बस्छिन् । कहिलेकाहीँ आफ्नो छोराबारे सपना देख्छिन् र बिहानै उठेर उनीबारे सोच्छिन् । कहिलेकाहीँ निदाउन नसक्दा उनी अँध्यरोमै हिँड्छिन् । तर उनलाई पछुुतो छैन । ‘सरकारलाई आफ्नो बच्चा दिएकोमा मलाई शान्त महसुस भएको छ,’ उनले भनिन्, ‘किनकि ऊ सुरक्षित छ भन्ने मलाई थाहा छ ।’

अस्पतालको बिक्री

सरकारी अस्पतालका क्लिनिकल सोसल वर्कर फ्रेड लेपारनले हामीलाई सम्पर्क गरे । एक महिलाले छाडेर गएको शिशु छोराको पहिचान भएको र ती बच्चा हाम्रा लागि चोरिदिने उनले बताए । नजिकैको चिल्ड्रेन्स होममा स्थानान्तरणको पर्खाइमा रहेका तीन शिशुुमध्ये यी एक थिए ।

लेपारनको काम उनीहरु त्यस गृहमा सुरक्षितसाथ पुुगेको सुनिश्चित गर्नुु हो । तर एक पटक मामा लुसी अस्पताल छाडेपछि यी शिशुुहरु चिल्ड्रेन्स होम पुुगे–नपुुगेको सम्बन्धमा कसैले चेकजाँच गर्ने सम्भावना थोरै मात्र छ, यसबारे लेपारनलाई थाहा थियो । अस्पतालमा लेपारनले आवश्यक कागजपत्र तयार गरे र कर्मचारीहरुसँग सङ्क्षिप्त कुराकानी गरे, ती कर्मचारीहरुलाई आफ्नै आँखा अगाडि बच्चा चोरी हुँदैछ भन्ने थाहा थिएन ।

बाहिर कारमा अन्डर–कभर रिपोर्टर रोज प्रतीक्षारत थिइन् । लेपारनले अस्पतालका नर्सहरुसँग रोजलाई चिल्ड्रेन्स होमकी कर्मचारीका रूपमा चिनाए, बच्चाहरुलाई रोज भए ठाउँ लैजान उनले ती नर्सहरुलाई आग्रह गरे । उनी केही डराएजस्तो देखिएका थिए । तर उनले हाम्रो स्रोतलाई नर्सहरुले पिछा गर्ने छैनन् भनेर आश्वस्त गराए । ‘उनीहरुले पिछा गर्नसक्दैनन्, उनीहरुले गर्नुपर्ने धेरै काम छन्,’ त्यसपछि उनले चाँडै बिदा हुनका लागि टोलीलाई इशारा गरे, ‘हामीले यसरी नै  कुराकानी गरिरह्यौँ भने कसैले शङ्का गर्नेछ,’ उनले भने ।

केही क्षणपछि तीनजना शिशु बोकेर मामा लुसी अस्पतालबाट कारमा टोली हिँड्यो, केवल दुुई शिशुुलाई मात्रै चिल्ड्रेन्स होममा पुु¥याउने निर्देशन उनीहरुलाई थियो ।  यहाँबाट तेस्रो शिशु जहाँ कहीँ पुुग्नसक्थ्यो, कसैको हुनसक्थ्यो ।

अन्डर–कभर टोलीले सबै तीन शिशुुहरुलाई सुरक्षितसाथ चिल्डे«न्स होम पुु¥यायो, जहाँ वैध रूपमा कसैको संरक्षकत्व पाउनुुअघिसम्म उनीहरुको रेखदेख हुनेछ ।

यही मध्यान्ह, लेपारनले रोजलाई भेट्न बोलाए र पूर्वसहमति बमोजिम ३ लाख सिलिङ्स तिर्न भने । उनले पोषणविद् समक्ष बच्चालाई देखाउन भने । ‘तिमीलाई ध्यानमा राख्नुुपर्ने एउटै कुरा यी शिशुुको खोपको दाग हो,’ उनले भने, ‘र संयमित हुनुस्, धेरै चनाखो हुनुस् ।’

बीबीसीले फ्रेड लेपारनसँग यस कारोबारबारे प्रश्न सोध्यो तर उनले प्रतिक्रिया दिन अस्वीकार गरे । अस्पतालले पनि कुनै प्रतिक्रिया दिन मानेन र लेपारनलले अझै पनि जागिर गरिरहेका छन् ।

हामीले केयोलमा सञ्चालित मेरी औमाको अवैध सडक क्लिनिकका विषयमा पनि बाल अधिकारसम्बन्धी एनजीओलाई जानकारी दियौँ, उसले प्रहरीलाई खबर ग¥यो । तर अझै पनि औमाले निर्वाध रूपमा आफ्नो व्यापार सञ्चालन गरिरहेकै छिन् ।  जब हामीले उनीमाथि आरोप लगायौँ तब उनले कुनै प्रतिक्रिया दिइनन् । अनि हामीले अनितामाथि आरोप लगाउने प्रयास ग¥यौँ । तर उनी फेरि सडकको छायामा कतै बेपत्ता भएजस्तो लाग्छ ।

ती आमा जसका छोराछोरी चोरी भएका छन् उनीहरुका लागि कहिल्यै साँचो समाधान निस्कनेछैन । अधिकांश आमा फेरि आफ्नो बच्चा हेर्ने अनिश्चित पर्खाइमा छन्, उनी थाहा छ, सायद यो सम्भव हुँदैन ।

आफ्ना छोरालाई देख्नका लागि रेबिक्काले सबै गर्न सक्छिन् । उनी भन्छिन्, ‘ऊ मरेको छ भने पनि म जान्न चाहन्छुु ।’

गत वर्ष उनले सुुनेकी थिइन्, ‘नैरोवीबाट टाढाको गाउँमा कसैले त्यस्तो बालक भेट्यो जसको अनुहार दुुरुस्तै उनकी जेठी छोरीसँग मिल्छ ।’ रेबिक्कालाई थाहा थियो, सायद यो केही होइन । त्यति टाढासम्म जाने बाटोे भने उनलाई थाहा थिएन । गइहाले पनि कहाँ खोज्ने ? थाहा थिएन ।

उनी धेरै टाढामा स्थानीय प्रहरी चौकीसम्म जानसक्छिन् तर त्यहाँ कुनै सहयोग नपाउन नसकिने उनले बताइन् र अन्ततः उनले हरेस खाइन् ।  ‘यी महिलाहरुले आफ्ना बच्चालाई फेरि हेर्न पाउने सम्भावना १० लाखमा १ बराबर  छ,’ मिसिङ चाइल्ड केन्याकी मार्याना मुन्यन्डोले भनिन्, ‘धेरैजसो सडकका आमाहरु आफै बच्चा छन् र उनीहरुको कमजोरी र विपन्नताको अरूले फाइदा उठाएका छन् ।’ मुन्यन्डोका अनुसार रेबिक्काजस्ता मानिसहरुलाई प्रायः अपराध पीडितका रूपमा सहानूूभूतिपूर्वक हेरिँदैन । ‘तर  सडकका मानिससँग भावना हुँदैन, उनीहरु न्यायका हकदार होइनन् भनेर कसैले सोच्नुु हुँदैन । उनीहरुसँग भावना छ । तपाईं आवासीय क्षेत्रमा बस्नुुहुन्छ र तपाईंको बच्चा हराउँछ वा तपाईं सडकमा बस्नुहुन्छ र तपाईंको बच्चा हराउँछ, यी दुुवै एउटै कुरा हुन् ।’

यसरी सडकबाट चोरिएका केही बालबालिका आवसीय क्षेत्रमा पुुग्छन् । कहिलेकाहीँ रेबिका ती धनाढ्य महिलाका विषयमा सोच्छिन्, जसले बच्चाका लागि पैसा तिर्छन् । कसैबाट चोरी गरिएको भन्ने थाहा हुँदाहुँदै उनीहरुले ती बच्चालाई लगेका छन् । ‘उनीहरु के सोच्दै होलान् ?’ उनले भनिन्, ‘कस्तो महसुस गर्छन् ?’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.